मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासनले गर्यो विनायक बजार अनुगमन (कुराकानी सहित)

जिल्ला प्रशासनले गर्यो विनायक बजार अनुगमन (कुराकानी सहित)



अछाम – जिल्ला प्रशासन कार्यालय अछामले विनायक बजार अनुगमन गरेको छ ।

जिल्ला स्तरीय अनुगमन समितीबाद्धारा अछाममा भइरहेका ब्यापारिक गतिबिधी अनुगमनका क्रममा आज पञ्चदेवल विनायक नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजारको अनुगमन गरिएको हो ।

साहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवको संयोजकत्वमा बिनायक बजारका मुख्य ९ वटा पसलहरु अनुगमन गरिएकोमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भाँडा कुडा,सुपर पावर सुर्ती लगायत म्याद गुज्रेका सामान बरामद गरिएको छ ।

अनुगमनका क्रममा कतिपय पसलहरु दर्ता नभएको, म्याद गुज्रेका सामाग्री बिक्रीबितरण गरेको, अवैद मदिरा उतपादन गर्ने सामाग्रीहरु भेटिएको साहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबले जानकारी दिए ।

अवैद रुपमा पसल सन्चालन गरिरहेका ब्यापारीहरुलाई पहिलो अनुगमनमा सम्झाई बुझाई गरेको र फेरी पनि यसरी अवैद कारोबार गर्ने ब्यापारीहरु तथा पसलहरु भेटिए कार्वाहीको दायरामा ल्याउने उनले बतए ।

स्थानिय तह संग समन्वय गरेर निरन्तर अनुगमनको दायरा बढाउने र आगामी दिनहरुमा अवैद रुपमा ब्यावसाय सन्चालन नगर्न साहयक प्रजिअ यादवले आग्रह गरे ।

साहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव संग कुराकानी गर्दै

यसै विच हामीले अनुगमनकै क्रममा विनायक पुग्नु भएका साहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव संग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी