मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरी अपरा’धिक गतिविधि बिरु’द्ध सकृय बन्दै – निरक्षक बिष्ट

विनायक प्रहरी अपरा’धिक गतिविधि बिरु’द्ध सकृय बन्दै – निरक्षक बिष्ट


अछाम – बिनायक प्रहरीले सुरक्षा सकृयता बढाएको छ ।

इलाका प्रहरी कार्यालय विनायकमा नया इन्चार्ज लाल सिंह बिष्ट आए संगै पछिल्लो समय विनायक प्रहरी सक्रृय बनेको हो ।

५ दिनको अवधीमा विनायक प्रहरीले करिब ७ सय लिटर अवै’द घरेलु मदिरा बरा’मद गरि न’ष्ट गरे संगै आज विनायक बजारका पसलहरुमा छापा हानीएको थियो ।

प्रहरीले पसलहरुमा खान’तलासी गर्दा वडा नम्वर ३ मा रहेको एक पसलबाट ३२ लिटर अवैद घरेलु मदिरा र पसल दर्ता नगरी इजाजत पत्र बिनै बिक्री बितरण गरिरहेका ३१ क्वाटर लिभ डाइमण्ड बरामद गरेको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरिक्षक लाल सिंह बिष्टले बताए ।

विनायक प्रहरी नायव निरिक्षक लाल सिंह बिष्ट संग कुराकानी गर्दै सुदुरआजकर्मी

बरामद गरिएको ३२ लिटर घरेलु मदिरा आजै वडा नम्वर २ का वडा अध्यक्ष पदम शाही, रेडियो पञ्चदेवलका स्टेसन प्रमुख दिनेश केशी, रेडियो परिबर्तनका स्टेसन प्रमुख महेश रिमाल, समाजसेवी, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको छ ।

मदिरा सेवनकै कारणले पछिल्लो समय जिल्लामा विभिन्न अपराधिक गतिबिधी बढेको पाइएकाले यसको नियन्त्रणमा सबै पक्षहरु जिम्मेवार ढंगले लाग्न र अवैद मदिरा नियमनका लागी प्रहरीलाई साथ दिन निरिक्षक बिष्टले आग्रह गरे ।

साथै विनायक बजारमा २४ एै घण्टा प्रहरी खटाइने भएकाले माहामारीका बेला अनाआवश्यक हिँडडुल नगर्न ,अपराधिक गतिबिधिमा संगलग्न नहुन उनले आग्रह गरे ।