मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवलमा राष्ट्रिय बाल दिवस रेडियोबाट मनाउने

पञ्चदेवलमा राष्ट्रिय बाल दिवस रेडियोबाट मनाउने


अछाम – नगर स्तरीय बाल सञ्जाल पञ्चदेवल विनायक नगरपालिकाले रेडियो मार्फत राष्ट्रिय बाल दिवस मनाउने भएको छ ।

यही भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा रेडियोद्धारा बक्तृत्वकला प्रतियोगीता सन्चालन हुने भएको हो ।

बिश्व ब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको माहामारीलाई मध्यनजर गर्दै रेडियो पञ्चदेवल र रेडियो परिवर्तनबाट एक साथ प्रसारण हुने गरि कार्यक्रम सञ्चालन गर्न लागिएको नगर स्तरिय बाल सन्जालका अध्यक्ष राजकला रावतले बताए ।

‘विपतमा बाल अधिकारको सुनिश्चितता हामी सबको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको उनले बताइन ।

नगरपालिका भित्रका ९ वटै वडा बाट एक बालक र एक बालिकाले सहभागीता जनाई फोनको माध्यामबाट प्रतियोगितामा भाग लिन सक्ने बाल सञ्जालका सचिव जिवन बुढाले जानकारी दिए ।

पञ्चदेवल विनायक नगरपालिकाको सहयोग र रेडिया पञ्चदेवलको समन्वयमा उक्त कार्यक्रम मध्यान्न १२ बजे देखि सन्चालन हुने बुढाले बताए ।

सचिव बुढाका अनुसार प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेलाई रु ५ हजार,दृतियलाई रु ३ हजार ५ सिय, तृतिय लाई रु २ हजार र सान्तवनालाई रु १ हजार पुरुष्कारको समेत ब्यावस्था रहेको छ ।