मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकालाई वाक नेपालले दियो सुरक्षा सामग्री

पञ्चदेवल नगरपालिकालाई वाक नेपालले दियो सुरक्षा सामग्री


वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियोजनाले पन्चदेवल विनायक नगरपालिकामा सुरक्षा सामग्री हस्तान्त्रण गरेको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियोजनाले कोरोना भाईरस कोभिड वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियाजनाले कोरोना भाईरस कोभिड १९ को सर्तकताको लागी पन्चदेवल विनायक नगरपालिकाको ९ वटै स्वास्थ्य संस्थामा ५ थान पिपिई सेट, १० बोत्तल सेनिटाइजर,मास्क ५०० पीस,ग्लोब्स ५०० पीस र साबुन १५ पीस हस्तान्त्रण गरिएको छ ।

साथै संस्थाका परियोजना टिम लिडर हिरेन्द्र कुावरले पन्चदेवल विनायक नगरपालिकामा १५ थान पिपिई सेट र नगरपालिकाको वडा नम्बर २ मा दर्ता भएका २३५ बालबालीकाहरुलाई ६ पीस साबुन र ३ पीस मास्क हस्तान्त्तण गरेका थिए ।

वाक नेपाललले पछिल्लो चरण कोरोना भाईरसबाट बच्न पन्चदेवल विनायक नगरपालिकामा सतर्कताका सामग्रीहरु निरन्तर वितरण गर्दै आईरहेको छ ।

सामाजिक दुरी कायम गर्दै परियोजनाका टिम लिडर हिरेन्द्र कुँवरले पन्चदेवल विनायक नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त् बजगाँईलाई सामग्री हस्तान्त्रण गरेका हुन ।


कार्यक्रममा कुईका स्वास्थ्य चौकीका ईन्चार्ज विष्णु बहादुर बम, नेपाल पत्रकार महासंघ अछामका सह सचिब तपेन्द्र बहादुर धामी,वाक नेपालका तपेन्द्र ठकुल्ला , पन्चदेवल विनायक नगरपालिका कृषि विकास शाखाका नाप्रास कटक बहादुर धामी, समाजसेबी प्रेम बहादुर धामी ,चिरन्जीबी न्यौपाने लगायतको सहभागीता रहेको थियो ।