मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाका समस्या प्रति स्थाानिय तह जिम्मेवार छैनः पुर्ब बाल कल्याण अधिकृत बुढा

बालबालिकाका समस्या प्रति स्थाानिय तह जिम्मेवार छैनः पुर्ब बाल कल्याण अधिकृत बुढा


अछाम – तत्कालिन महिला तथा बालबालिका कार्यालय अछामका बाल कल्याण अधिकृत प्रेम बहादुर बुढाले बालबालिकाका समस्या प्रति स्थानिय तह जिम्मेवार नभएको बताएका छन् ।

नेपालमा ३ तहको सरकार आउदा समेत अझै वडा तथा पालिका स्तरिय बालक्लब गठन नहुनुमा स्थानिय तहमा सम्बन्धीत शाखा जिम्मेवार हुनु पर्ने बताए । गत विगतको संरचनामा गाबिस, ईलाका सहीत जिल्लामा बाल अधिकार मंञ्च हुने गरेपनी अहीले नभएको प्रति दुख ब्यक्त गरे ।

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुदूर आजसंग कुराकानि गर्दै उनले स्थानिय तहले आफ्नो जिम्मेवारी टाढा नगएर बालबालिकाका हकहित सहीत संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । बालबालिकाले पनी मागेर भन्दा पनी अब खोसेर आफ्ना अधिकार लिनु पर्ने बताए ।

हरेक स्थानिय तहले बालक्लब गठन गर्ने निति नियम बनाएपनी गठन नगरेकाले त्यसको सोधिखोजि समेत बालबालिकाले गर्नु पर्ने उनको जोड छ । विद्यालयमा भर्ना हुने बालबालिकालाई सधैँ टिकाई राख्नका लागि सबैको त्यतिकै जिम्मेवारी भएकाले त्यसतर्फ अबको योजना हुनुपर्ने उल्लेख गरे ।

वडा देखि गाउपालिका र नगरपालिकासम्म वजेट तथा निति कार्यक्रम बनाउदा बालबालिकाको सहभागिता सुनिश्चितता गर्ने भएपनी सहभागिता नै नहुने गरेको बताए ।

यसैबिच हामीले तत्कालिन महिला तथा बालबालिका कार्यालय अछामका बाल कल्याण अधिकृत प्रेम बहादुर बुढासँग बाल दिवस २०७७ को अवसरमा बालबालिका अक अधिकार संरक्षण गर्नमा स्थानिय सरकारका कहा चुकेका छन भनेर छोटो कुराकानी गरेका छौ।