मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्वी अछामको कमलबजारमा लाग्ने घाँसे मेला नहुने

पुर्वी अछामको कमलबजारमा लाग्ने घाँसे मेला नहुने


अछाम- पुर्वी अछामको कमलबजारमा लाग्ने प्रसिद्ध घाँसे मेला यस बर्ष नहुने भएको छ ।

हरेक बर्ष असोज १ गते लाग्ने मेला कारोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना भएकाले यस बर्ष कमलबजारमा कुनै पनि मेला पर्व नहुने कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकास बिष्टले जानकारी दिए ।

हरेक बर्षको कन्या संक्रातीका दिन लाग्ने मेलामा अछामी संकृती संग जोडिएका देउडा खेल , न्याउले खेल खेलिनुका साथै टाढा टाढा रहेका आफन्तजन संग भेटघाट गर्ने गरिन्छ । तर यस बर्ष भने विश्व ब्यापी रुपमा फैलिएको माहामारीका कारण मेला नहुने भएको हो ।

रेडियो पञ्चदेवल तथा सुदुरआज संग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख बिष्टले कमलबजारका सबै वडामा जानकारी गराइसकेको र गत बर्षका जस्तो आज दिउँसोनै त्रिपाल हालेर ब्यावसाय सन्चालन गर्ने गरेको भए पनि यस बर्ष केहि पनि गर्न नदिएको बताए ।

नगर प्रमुख बिष्टका अनुसार बिहिवार साँझ ५ बजे पछि प्रहरी परिचालन गर्ने र कसैलाई पनि मेला हुने स्थानमा प्रवेश गर्न नदिइने भएको छ ।

पहाडी क्षेत्रमा अवस्थित कमलबजार नगरपालिका पर्यटकिय, कृषि, जडिबुटि आदिका दृष्टिले तमाम संभावना बोकेको छ ।