मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरीद्धारा ३ सय लिटर घरेलु म’दिरा बरामद

विनायक प्रहरीद्धारा ३ सय लिटर घरेलु म’दिरा बरामद


विनायक प्रहरीले ३ सय लिटर अ’वैद घरेलु म’दिरा बरामद गरेको छ ।

बिहिवार इलाका प्रहरी कार्यालय विनायकबाट खटि गएको प्रहरी टोलीले वडा नम्वर २ को हिलपार्कबाट बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

रामारोशन गाउँपालिकाको कालापानीबाट मदिरा ओसार पसारमा संगलग्न कमलबजार नगरपालिका वडा नम्वर ६ का बिरेन्द्र शाही, सुवास शाही र पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ का तपेन्द्र धामीलाई जरिवाना सहित का’र्वाही गरि छोडिएको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरिक्षक लाल सिँह बिष्टले बताए ।

बरामद गरिएको ३ लिटर घरेलु मदिरा वडा नम्वर ३ का वडा अध्यक्ष शुरेन्द्र बहादुर शाही, रेडियो पञ्चदेवल र रेडियो परिवर्तनका स्टेसन प्रमुख दिनेश केशी र मेहेश रिमालको रोहबरमा शुक्रबार नष्ट गरिएको छ ।