मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन जिरो प्वाईन्टबाट बजार हुदै अस्पतालसम्मको सडक ८ मीटर बन्दै

मंगलसेन जिरो प्वाईन्टबाट बजार हुदै अस्पतालसम्मको सडक ८ मीटर बन्दै


अछाम – मंगलसेन बजारको जिरो प्वाईन्ट (बैरागी धारा टिकट काउण्टर) देखि अछाम बहुमुखि क्याम्पस हुँदै अछाम अस्पताल सडक खण्डको क्षेत्राधिकार ८ मिटर कायम गरिने भएको छ ।

सडक क्षेत्र बिस्तार तथा निर्माणका बिषमा मंगलसेन नगरपालिकामा भएको सर्बदलिय÷सर्बपक्षिय बैठकले सडक खण्ड ८ मीटर बिस्तार गर्दा सडकको बिच सेन्टर देखि ४ मीटर दायाँ र ४ मीटर बायाँ निर्माण गर्ने र प्राविधिकबाट तत्काल स्थलगत नापजाँच गरि छुट्याई संकेत कायम गर्ने तथा भौतिक संरचना निर्माण नभएको क्षेत्रमा सडकको विस्तार तथा निर्माण कार्य तत्कालै सुचारु गर्ने नगर प्रमुख पदम बहादुर बोहराले बताए।

नगर प्रमुख बोहराको अध्यक्षतामा भएको छलफलमा सडक खण्ड क्षेत्राधिकार भित्र निर्माण भएका भौतिक संरचना घर, टहरा, समेत (प्राबिधिक संकेत गरिएको क्षेत्र) सम्बन्धित घर घरधनी÷ब्यक्तिले २०७८ असोज मसान्त भित्र हटाई ब्याबस्थापन गरिसक्ने र सो समयावधिमा पनि भौतिक संरचना ब्याबस्थापन गर्न आग्रह गरिएको छ।

सो अवधिमा नगरेमा नगरपालिकाले संरचनाहरु भत्काई सडक बिस्तार तथा निर्माण कार्यअगाडी बढाउने र मंगलसेन नगरपालिकाका प्रतिनिधी एँव प्राविधिक कर्मचारी र सघन शहरी तथा भवन निर्माणका प्राविधिकद्धारा आजैका मितीदेखि सडक खण्डको क्षेत्राधिकार छुट्याई संकेत कायम गर्ने कार्य अगाडि बढाउने निर्णय पारित गरिएको छ ।

राजनितिकदल, जनप्रतिनिधी, व्यापारी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, नागरिक समाज, जग्गाधनी र सरोकारवालाको सहभागितामा मंगलसेनको शाभा दिने निर्णय कार्य भएकाले सबैलाई सहयोग गरिदिन नगरप्रमुख बोहराले आग्रह गरे । सदरमुकामको शोभा नै बजारको सडक फराकिलोले राख्ने भएकाले यसकार्यमा सबैले साथ दिनु पर्ने उनको भनाइ छ ।