मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक सेवा प्रवाह सम्बन्धि अन्तरक्र्रिया मंगलसेनमा सम्पन्न

सार्वजनिक सेवा प्रवाह सम्बन्धि अन्तरक्र्रिया मंगलसेनमा सम्पन्न


अछाम – सार्वजनिक सेवा प्रवाह सम्बन्धि अन्तरक्र्रिया तथा छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला प्रशासन, प्रहरी, जिल्ला स्थित सरकारी कार्यालय र मंगलसेन नगरपालिकाले प्रदान गरिरहेका सेवामा आएका कठीनाई तथा चुनौतीका बारेमा छलफल गरिएको थियो ।

छलफलमा सहभागि पत्रकार तथा मंगलसेन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता सेवा, अबैध तथा अब्यबस्थित मदिराको बिषयमा गुनासो गरेका थिए । जिल्लाका दुर्गमा क्षेत्रबाट जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन आउदा सास्ती खेप्नु परेको गुनासो आएको थियो ।

सामान्य त्रुटि भएपनी नागरिकता पाउन १ हप्ता लाग्ने गरेको गुनासो गरेका थिए । आगामि दिनमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता सेवा अझै सहज तथा सरल हुनु पर्नेमा जोड दिएका थिए । साथै जिल्लामा थुप्रै नागरिक आफ्नो जग्गाको जग्गा धनी पुर्जा बिहीन भएकाले यसतर्फ नापि कार्यालयको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।

छलफल कार्यक्रममा प्रमुख अतिथी बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले हरेक सरकारी निकायबाट प्रदान हुने सेवा नागरिक मुखि हुनु पर्ने बताएका थिए । हरेक सरकारी कर्मचारीले सविधानले दिएको अधिकारलाई प्रयोग गर्दै अघि बढनु पर्नेमा जोड दिदै हरेक निकायमा आउने गुनासो सुझाब ग्रहण गर्न आग्रह गर्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले कुनै पनी नागरिकलाई दुख दिने नियत नभएको बताउनु भयो ।

प्रशासनमा नागरिकता लिन आउने हरेक नागरिकलाई नागरिकताको महत्व दिदै अघि बढिरहेकाले आगामि दिनमा सेवा अझै प्रभाबकारी बनाउदै जाने बताउनु भयो । नागरिकता नेपालीको पहिचान भएकाले यसको महत्व सबैलाई बुझिदिन आग्रह समेत गर्नु भयो । छलफलमा कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले कार्यक्रममा उठेका हरेक जिज्ञासा सुझाब सरह भएकाले आगामि दिनमा अझै सुधार्दै जाने बताउनु भयो ।

नगरका हरेक शाखाबाट प्रदान हुने सेवा नागरिक मुखि बनाउनका आगामि दिनमा अझै अघि बढने बताउनु भयो । साथै नगरप्रमुख बोहराले नगरपालीकाले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह समेत जानकारी गराउनु भएको थियो । प्रहरी नायव उपरिक्षक योगेन्द्र सिह थापाले हरेक ब्यक्तिले आफ्नो काम, कर्तव्य र अधिकारलाई बुझन जरुरी रहेका बताउनु भयो । बर्दि विनाको प्रहरी नागरिक भएकाले हरेक सकारात्मक काममा सबैलाई साथ दिन आग्रह गर्नु भयो ।

जिल्लामा करिब १७ हजार लिटरको हाराहारिमा नियन्त्रण सहित नष्ट गरिएको अबैध तथा न्युन गुणस्तरको मदिरा प्रहरीको सक्रियतामा मात्रै पक्राउ गरिएकाले हरेक जनप्रतिनीधी, सरोकारवाला, पत्रकारलाई आगामि दिनमा सहयोग गर्न आग्रह गर्नु भयो । छलफलमा नापि कार्यालयलाई उठेका जिज्ञासाको उत्तर नापि कार्यालय अछामका प्रमुख धर्मराज ओझाले दिनु भएको थियो ।

छलफलमा जिल्ला समन्वय समिती उपप्रमुख टोप बहादुर रावल, मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, नेपाल कम्युनिष्ट पार्टि अछामका सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काग्रेस मंगलसेन नगर उपसभापती राजेशबाबु बोगटी, सबै वडा अध्यक्ष, पत्रकारले आफ्ना प्रश्न सहित सुझाव दिएका थिए । मंगलसेन नगरपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले कार्यक्रमको उद्देश्य सहीत स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन खरिदार नरेश बहादुर कठायतले गर्नु भएको थियो ।