मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष साउदको पहलमा मुजाबगरमा विद्युत जल्यो

अध्यक्ष साउदको पहलमा मुजाबगरमा विद्युत जल्यो


अछाम – जिल्लाको रामारोशन गाउपालिकाको मुजाबगरमा राष्ट्रिय प्रशारण लाईनको विद्युत विस्तार भएको छ। गजडबजार हुदै मुजाबगरसम्म पोल गाडेर लाईन बिस्तार पछि विजुली जलाईसकेपछी गाउपालिका अध्यक्ष झँकर बहादुर साउदले बत्ती जलाएर उदघाट्न गरे।

बत्ती जलाईसकेपछी अध्यक्ष साउदले मुजाबगरमा ब्यापारी र स्थानीय गरि ४३ जनालाई मिटर समेत हस्तान्तरण समेत गरे । उदघाट्न पछी बोल्दै अध्यक्ष साउदले बाढी पहीरो पछी अबरुद्ध विद्युत सेवा आफुले गरेको बाचा भन्दा अगाबै नै पुरा गरेको बताए ।

अध्यक्ष साउदको दशै अगाडी नै विद्युत पुरयाउने लक्ष्य अनुरुप १० दिन अगाडी मुजाबगरमा राष्ट्रिय लाईनको विद्युत झलमल भएको हो । तिब्रताका साथ विद्युत पुरयाउन सहयोग गर्ने कर्मचारी तथा सबै सरोकारवालालाई उनले धन्यवाद ब्यक्त गरे।

अब चाडै खालबजार हुदै भटाकाटिया र बाटुलासैनमा समेत बत्ति पुरयाउने लक्ष्य रहेको छ, उनले भने । बिधुत पुगेपछी उदघाट्न सहित ग्राहकलाई मिटर पनि वितरण गरिएको थियो ।