मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमरगढी किल्लाभित्र कोतघर निर्माण

अमरगढी किल्लाभित्र कोतघर निर्माण


डडेल्धुरा: जिल्लाको ऐतिहासिक अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । अमरगढी किल्लामा रहेका पुराना हात हतियारको खोजी गरी संग्राहलय बनाउन कोत घर निर्माण गरिएको हो । साथै कोटघरमा पुस्तकालय समेत स्थापना गरिने जनाइएको छ । 

बिहिबार एक कार्यक्रमकाबिच अमरगढी नगरपालीकालाई कोतघर हस्तान्तरण गरिएको रणबम गण दह ब्यारेकका गणपति बिक्रम धोज गिरीले बताए । नेपाली सेनाको सिमिक कार्यक्रम अन्र्तगत करिव २० लाखको लागतमा कोतघरको निर्माण गरिएको उनले बताए । 

कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उदेश्यले कोतघरमा हतियारका साथै पुर्खाले अंग्रेजसँग लड्दा प्रयोग गरेका सामग्री राखिने बताए । 

विस १८४७ मा कर्णाली वारी राज्य संचालनका साथै महाकाली पारी कुमाउ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले उक्त किल्लाको निर्माण गरेका थिए । पछि उनकै नामबाट किल्लाको नामाकरण गरिएको थियो । अहिले नगरपालिकाको नाम पनि अमरगढी बाटै छ ।