मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालागाड जलविद्युत एक हप्ता देखी अवरुद्ध हुँदा नगरवासीले अध्याँरो दशैँ मनाए

तालागाड जलविद्युत एक हप्ता देखी अवरुद्ध हुँदा नगरवासीले अध्याँरो दशैँ मनाए


अछाम : पञ्चदेवल विनायक नगरपालिकाको तालाडगाड जलविद्युत ६ दिन देखी अवरुद्ध बनेको छ ।

विद्युतको करिब २० मिटर कुलो पुर्ण रुपमा भत्के संगै एक हप्तादेखी पञ्चदेवल नगरपालिकाका अधिकाँस वडामा बत्ती अवरुद्ध बनेको हो ।

दशैँको पुर्व सन्ध्यामै बत्ती अवरुद्ध बनेपछी मुख्य ब्यापारी केन्द्र विनायक लगायत नगरका वडा नम्वर २,३,४,५,८ का अधिकांस नागररिकले अन्धकारमय दशैँ मनाएका छन ।

करडौँ रकम खर्च भएको तालागाड जलविद्युत यसरी चाँर्ड पर्वमै अवरुद्ध बन्दा विद्युत उपभोग गरिरहेका सेवा ग्राही लगायत अन्य नागरिकहरुले आक्रोस पोख्ने गरेका छन ।

बिद्युत सञ्चालकका अनुसार भत्किएको कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको र अव केहि समयमै बत्ती नियमित सञ्चालनमा आउने भएको छ ।