मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिप्रका अछामको सेवा सामाजिक सञ्जालमा सार्वजनिक

जिप्रका अछामको सेवा सामाजिक सञ्जालमा सार्वजनिक



अछाम : जिल्ला प्रशासन कार्यालय अछामले आफ्नो कार्यालयबाट प्रदान गर्दै आएको सेवा दैनिक रुपमा सामाजिक संञ्जाल मार्फत सार्वजनीक गर्दै आएको छ ।

दशैँ विदापछी सरकारी कार्यालय खोलेको दोस्रो दिनको सबै सेवा प्रवाह सामाजिक संञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायका अनुसार आज कात्तिक १३ गतेका दिन कार्यालयबाट १५ ओटा प्रतिलिपि र ५० ओटा नयाँ गरेर जम्मा ६५ ओटा नेपाली नागरिकताको प्रमाणपत्र जारी, राष्ट्रिय परिचयपत्रको लागि २९ जनाको विवरण दर्ता, राहदानीको लागि ११ ओटा सिफारिस गरिएको छ भने एउटा वितरण गरिएको बताईएको छ ।

त्यसैगरि कोरोनाभाईरसका जिल्लामा संक्रमितको संख्या ४६ जना रहेको छ । त्यसैगरि आजको दिनमा विभिन्न नाकाबाट १ सय ८० जना अछाम प्रबेश गरेका र ति मध्ये ६७ जनालाई मास्क नलगाई हिडेकोमा सम्झाई बुझाई गरिएको छ ।

साथै प्रशासनले दैनिकजसो नागरिकलाई प्रदान गर्ने नागरिकता सचेतना अभियान अन्र्तगत जिल्ला समन्वय समिती अछामका प्रमुुख नर बहादुर कुवरको सहभागिता नागरिकता वितरण सहीत सचेतना कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।