मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो बिकाश लक्ष्य सम्बन्धी ३ दिने कार्यशाला सफलतापूर्वक सम्पन्न

दिगो बिकाश लक्ष्य सम्बन्धी ३ दिने कार्यशाला सफलतापूर्वक सम्पन्न


काठमाडौं । दिगो बिकाश लक्ष्य (एडिजी) सम्बन्धी ३ दिने कार्यशाला सकिएको छ । नेपाल जेसिजको आयोजनामा तथा पाटन लेडी जेसिजको आथित्यतामा सुरु भएको कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

३ दिनको कार्यक्रममा सहभागी जेसिजहरुले सरकारले नै सन २०३० मा राष्ट्रलाई दिगो विकास लक्ष्यमा पुग्ने उदेश्य राखेको बिषयबस्तुमाथी प्रस्तुती दिएका थिए । ७ वटा समुहमा कार्य विभाजन गरिएकोमा ति समुहले ७ वटा एसडिजिका लक्ष्यमाथी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा प्रस्तुतीको मुल्यांकनकर्ताको रुपमा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धवार जेसी अरुणेश्वर खनाल, सिनेटर विकास मान्नधर, गोकुल सापकोटा, श्यामसुन्दर पौड्ले सहभागी रहेका थिए । उनिहरुले पनि कार्यक्रम एकदमै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । आफुहरु नेतृत्वमा पुगे ति कार्यहरुलाई आफ्नो योजनामा राखेर अघि बढ्ने बताएका थिए । यस्तै कार्यक्रममा सहभागीहरुले पनि कार्यक्रम राम्रो रहेको र थुप्रै सिकाई भएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरले कार्यक्रम एकदमै राम्रो भएको र यसलाई आउने नेतृत्वले साथमा लिनुपर्ने बताएका थिए । साथै कार्यक्रममा सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल जेसिजको दिगो बिकास लक्ष्य कार्यक्रमका राष्ट्रिय टिम तथा पाटन लेडी जेसिजलाई धन्यवाद समेत दिएका थिए । यस्तै कार्यक्रममा सहभागी पाटन लेडि जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिजका पूर्व अध्यक्ष सिनेटर चाँदनी जोशीले पनि कार्यक्रममा शुभकामना मन्तव्य दिएकी थिईन् ।

कोरोनाको महामारीका बेला भौतीक रुपमा कार्यक्रम गर्न असहज भएपनि अनलाईन जुम मार्फत जेसिजहरुको क्षमता अभिबृद्धी गर्न कार्यशाला आयोजना गरिएको नेपाल जेसिजको दिगो बिकास लक्ष्य कार्यक्रमका राष्ट्रिय निर्देशक सिनेटर आषिश शर्माले बताए ।

आथित्य शाखा पाटन लेडीका अध्यक्ष सुष्मा श्रेष्ठले ३ दिने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न साथ दिएकोमा सहभागी सबै तथा आमन्त्रीतहरुलाई बिशेष धन्यवाद दिएकी थिईन् । यसअघि कार्यशालाको अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्षले जेसिआई सिनेटर टेरेसा पुनले उद्घाटन् गरेकी थिईन् ।