मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत बसपार्कमा यातायात व्यवसायीको मनपरी

सुर्खेत बसपार्कमा यातायात व्यवसायीको मनपरी


सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत बसपार्क ब्यावस्थित बनेपनी यातायात ब्यावासायी र यात्रुहरुको अव्यवस्थितता का कारण नागरिकहरूले सास्ती खेपिरहेका छन ।

वीरेन्द्रनगरको मंगलगढि चाैक नजिकै रहेकाे पुरानाे अव्यवस्थित बसपार्क प्रयाेग बिहिन बने संगै नयाँ बसपार्कमा काराेना महामारीको याे बेला पनि मानिसहरूले भिडभाड र यातायात ब्यावसायि हरुले यात्रु लुछा लुछ गर्न भने छाडेकाे देखिदैन ।

काेभिड-१९ ले लामाे समय प्रभावित गतिविधि स्वास्थ्य मापदण्डनै नअपनाई एकै चाेटि माथि उकास्ने बाहानामा नाफा कमाउन ब्यावसायिहरुनै दाउ कुरेर बसेकाे बसपार्क भित्रका संयमता बिहिन मानिसहरूले नै प्रस्ट पारेका छन ।

यता कता ग्रामिण भेक हरु बाट सहर छिरेकाहरुले अांक्षिक रुपमा काेभिड बिरुद्धकाे लडाइँ लडेकाे देखिए पनि अधिकाँस ठाउँमा नियमनकारि निकाय द्वारानै अनियमित गरेकाे स्पस्ट देखिन्छ ।

सुर्खेतबाट कालिकाेट सम्मकाे यात्रामा रहेका एक स्थानीयका अनुसार प्राय साना तथा ठुला गाडीहरुमा गाडी सञ्चालकहरू मापदण्डअनुसार नचलेकाे देखिएकाे छ ।

हाल जिल्लामा रहेका यातायातका साधनहरुमा मनपरीतन्त्र चलेको जनगुनासो व्यापक पाइन्छ । बसपार्ककाे त्यत्राे भिड भाडमा प्राय सबै संग लस पस भएपनि स्वास्थ्य मापदण्डको पालना नगर्दा अन्य यात्रुहरु कोभिड -१९ को जोखिमपुर्ण यात्रा गर्न बाध्य भैरहेका छन ।

यातायात व्यवसायीले मनपरी भाडा अशुले, व्यक्तिगत दूरी कायम नगरे, जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना नगरेको खण्डमा स्थानीय प्रशासनले खासै चाँसाे नदेखाएको पाइन्छ ।

महामारीको यो कठिन यात्रामा नागरिकको जोखिमपूर्ण यात्रा र सर्बसाधारणको सास्तीलाई सहझता ल्याउन सम्बन्धित निकायले अलिकति भएपनी चाँसाे राख्ने कि ?