मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्षित वर्गलाइ नगरले बिशेष प्राथमीकतामा राखेको छ : अधिकृत सोडारी

लक्षित वर्गलाइ नगरले बिशेष प्राथमीकतामा राखेको छ : अधिकृत सोडारी


अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले राज्यले निती नियममा समाबेश गरे अनुरुप लक्षित वर्गका निती तथा कार्यक्रम नगरले समाबेश गर्ने गरेको बताएका छन् । मंगलसेन नगरपालीका हरेक क्षेत्रमा समाबेशीतालाई कार्यान्वयन गर्दै अघि बढेको बताए ।

सुदूरआज संग कुरा गर्दै अधिकृत सोडारीले लक्षीत वर्ग दलित, महिला, बालबालीका, जनजाती, अपांगता ब्यक्तिका आवश्यकता तथा कार्यक्रमलाई सम्बोधन गर्दै हरेक निती तथा कार्यक्रम अघि बढाईएका बताए । गाउ, बस्ती, टोल हुदै वडाबाट योजना नगरमा आईपुग्ने भएकाले सबै कार्यान्वयनको अबस्थामा रहेको बताए ।

यसपाली कोरोनाभाईरसको संक्रमण तथा जोखीम कारण लक्षित समुदायसँगै टोलमा छलफल गरेर योजना समाबेश नभएपनी उनिहको आवश्यकताको आधारमा योजना समाबेश गरिएको जानकारी दिए । लक्षित वर्गको क्षेत्र बिशेष बिषयगत शाखा महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा मार्फत कार्यक्रम महिलाको क्षमता अपागता भएका ब्यक्तिको क्षमता अभिबृद्धी सहीत सहयोग हुदै आएको बताए ।

यस आर्थिक बर्षको अहीलेसम्म शाखा मार्फत ३६ वटा अपागंता परिचयपत्र वितरण, विभिन्न महिला समुह गठन गरि छलफल सहीत सक्रिय पार्न नेतृत्व बिकास तालीम, हिसां पिडीत महीलालाई सेफ हाउस मार्फत सहयोग हुने रि हिसां न्युनिकरणका लागी अन्तरक्र्रिया कार्यक्रम गरिएका जानकारी दिए ।

चालु आर्थिक बर्षमा समेत एकल महीलाका लागी नेतृत्व विकास तालीम, अपागत महिला र किशारिलाई समेत समेट्ने गरि कार्यक्रम गरिने बताए ।