मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनले सम्पन्न गर्यो छैटौं नगरसभा तथा हिउदे अधिवेशन

मंगलसेनले सम्पन्न गर्यो छैटौं नगरसभा तथा हिउदे अधिवेशन


अछाम : जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाको छैटौं नगरसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । ६ महिनाको अवधिमा नगरले गरेको प्रगती विवरण सार्वजनिक गरिनुका साथै नगरपालिकाको कार्यपालीका बैठकले पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो ।

अधिबेशनका बन्दसत्रले राजश्वका केही आय शिर्षक संशोधन, २ वटा ऐन पारित गर्नुका साथै ६ वटा कार्यबिधी अनुमोदन गरेको छन भने आर्थिक बर्ष २०७६÷०७७ को यथार्थ र २०७७÷०७८ तथा २०७८÷०७९को अनुमानित आयको प्रक्षेपण गरेको नगरपालीकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले बताए ।

मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भमा नगरपालीका मार्फत ६ महीनाको अवधिमा भएका काम सार्वजनिक पछी नगरसभाका सदस्य तथा जिल्ला स्थित पत्रकारले सुझाब सहित जिज्ञासा राखेका थिए ।

कार्यक्रमका सहभागी पत्रकारले जनप्रतीनीधीले भौतिक बिकासलाई मात्र प्राथमिकता दिएकाले समाजिक अभियानमा जोड् दिन सुझाब दिएका थिए । आफ्नो जग्गा आफ्नो बारी, बाझो नराखी बनाऔँ हरियाली, नाराका साथ भएको कार्यक्रममा कृषि, पशुपालन, स्वास्थ्य, महिला, शिक्षा, बालबालीकाका क्षेत्रका कार्यक्रममा बिशेष ध्यान दिन आग्रह गरिएका थिए ।

सहभागीको प्रश्नको जवाफ दिदै मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहराले हरेक क्षेत्रलाई सम्बोधन गर्दै अघि बढेको बताए । नगरपालीकालाई मात्रै दोष थुपार्नु भन्दा पनी वडा तहमा बिकासका लागी थुप्रै बजेट आएकाले सबैले कार्यान्वयन गर्दै लैजानु पर्नेमा जोड दिए ।

नगरको दुर्गम वडा बस्तीमा बिकासले फडको नमार्नुको दोष स्वयम त्यहीका जनता भएकाले आगामी दिनमा गाउको बिकासका लागी सबै एकजुट भएर जानु पर्ने बताए । हिउदे अधिबेशनमा यस आर्थिक बर्षमा कार्यान्वयन हुने गरि नगरका सबै वडामा १ सय ४६ योजना मध्ये २३ योजनाको मात्रै अहीलेसम्म सम्झौता हुन सकेको प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।

नगरका विभिन्न वडामा आवश्यक सहीत गौरबका योजनालाई कार्यान्वयनका लागी पुर्बाधार, सडक बोर्ड, प्रदेश, स्थानीय पुर्वाधार लगाएत क्षेत्रमा सिफारिस गरेर पठाईएको सोडारीले जानकारी दिए । मंगलसेन नगरपालीका आर्थिक बर्ष २०७७÷०७८ मा चालु र पुजिगत तर्फ गरि बिनियोजित ५९ करोड बढी रकम मध्ये ६ महीनाको अवधिमा झण्डै ३५ प्रतीशत खर्च भएको पाईएको र यस आर्थिक बर्ष २०७५÷०७६ को नाममा ५ करोड बढी बेरुजु रहेको उनले बताए ।

मंगलसेन नगरपालीका उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालीका सदस्य, सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, पत्रकारको सहभागीता रहेको थियो ।