मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजिअ उपाध्यायको नेतृत्वमा कोभिड १९ बिरुद्धको खोप अभियानको अनुगमन

प्रजिअ उपाध्यायको नेतृत्वमा कोभिड १९ बिरुद्धको खोप अभियानको अनुगमन


अछाम : अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको एक टोलीले कोभिड १९ बिरुद्धको खोप अभियानको अनुगमन गरेको छ ।

जिल्ला अस्पतालमा संचालन भईरहेको खोप अभियानको उपाध्यायको नेतृत्वमा गएको एक टोलीले अनुगमन गरेका हो ।

खोप लगाईसकेपछि केहीलाई सामान्य असर देखिपनि खोप उत्साहजनक तरिकाले संचालन भईरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

साथै खोप अभियानको तयारी र व्यावस्थापन पक्ष पनि स्वास्थ्य कार्यालय अछामले राम्रोगरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको तुलनामा अछाममा सहभागिता पनि बढी देखिएको उनले बताए।

जिल्लाका स्थानीय तहहरुले पनि स्वास्थ्यकर्मीलाइ खोप लगाउन जिल्ला पठाउनु सकारात्मक भएको प्रजिअ उपाध्यायको भनाई छ।

प्रजिअ उपाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालय अछामका कर्मचारी तथा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो।

फोटो साभार : जिल्ला प्रशासन अछामको फेसबुकबाट