मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदयालयलाई सरसफाई र नि.संक्रमिकरण सामाग्री हस्तान्तरण

विदयालयलाई सरसफाई र नि.संक्रमिकरण सामाग्री हस्तान्तरण


अछाम : सेबक नेपालद्वारा बिधालय सरसफाइ कार्यक्रम अन्तरगत अछामका विभिन्न स्थानीय तहका विद्यालयमा सरसफाई र नि. संक्रमिकरणका लागी सरसफाई र नि.संक्रमिकरण सामाग्री हस्तान्तरण गरिएको छ ।

KOICA को आर्थिक सहयोग, UNSECO, UNFPA, UNWOMEN को सयुक्त साझेदारीमा सेबक नेपाल अछामद्धारा सञ्चालित बिदयालय सरसफाइ कार्यक्रम अन्तरगत जिल्लाका ३ स्थानीय तहका विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको मंगलसेन नगरपालिका, साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका १६ सामुदायिक विद्यालयलाई कोरोनाको महामारी र देशब्यापी रुपमा भएको लकडाउन पछी विद्यालय संञ्चालन भएपछी यसलाई मध्येनजर गर्दै हस्तान्तरण गरिएको सेबक नेपालका कार्यक्रम सयोजक दिबेशराज गिरिले जानकारी दिए ।

स्थानिय जनप्रतिनिधी, बिदयालय ब्यवस्थापन समितिका पदाधीकारी, स्वास्थ्य सेवाका कर्मचारी, बिदयालयका प्राध्यानाध्यापक, अन्य शिक्षक शिक्षिकाको रोहबरमा संस्थाका कर्मचारीले हस्तान्तरण गरेका गिरिले बताए । साथै सहयोग गरिएको सरसफाई र नि.संक्रमिकरणका सामाग्रीहरुको प्रयोग र अनुगमन सम्बन्धि प्रत्येक बिधालयमा १ दिने अभिमुखीकरण कायर्कयम समेत सबैलाई यसअघि दिईएको थियो ।

सामाग्री हस्तान्तरण पछि बिधालयले नेपाल सरकारले बिधालय कायर सचालन निदेशिका उक्त सामाग्रीहरु प्रयोग गरे नगरेको समेत नियमित अनुगमन गर्ने सम्पुर्ण पालिका शिक्षा अधिकृत लाई जिम्मेवारि दिएको गिरिले जानकारी गराएका थिए ।