मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काग्रेस नेतृ डा.आरजुद्धारा भागरथी भट्टको हत्यारालाई कडा कारवाही गर्न माग

काग्रेस नेतृ डा.आरजुद्धारा भागरथी भट्टको हत्यारालाई कडा कारवाही गर्न माग


नेपाली काँग्रेसकी नेतृ एंव संविधानसभा सदस्य डा.आरजु राणा देउवाले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी भागरथी भट्टको हत्याको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनाले आफूलाई अत्यन्तै दुखीत र स्तब्ध बनाएको बताउनुभएको छ ।

काग्रेस नेतृ डा. आरजुले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

नेपाली काग्रेसकी नेतृ एंव वरिष्ठ महिला अधिकारकर्मी डा आरजु राणा देउवाले आफ्नो सामाजिक संजाल फेसुबक पेज मार्फत बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ बर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछिको हत्याको आशंका एक जघन्य अपराध भएको र सो को निस्पक्ष छानबिन गरी दोषीलाई अविलम्ब पक्राउ गरी कारबाहीका लागि सरकार संग जोडदार माग गर्नुभएको हो ।

नेतृ डा आरजुले मृतक किशोरी भागरथी प्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

२०७७ माघ २१ गतेविहान घरबाट साथीहरुसंग विद्यालय गएकी भागीरथी भट्टसाँझ सम्म पनि घर नपुगेपछी खोजीखबर गर्दा माघ २२ गते अपरान्ह ४ बजेतिर निजको घर र बिद्यालयको बिचमा पर्ने स्थानीय लवलेक सामुदायिकवनको बनमारा झाडीमा शरिरका संबेदनसिल अंगहरुमा घाउ चोट सहित शरिर अर्धनग्न मृतअवस्थामा फेला परेकी थिईन ।

प्रहरी र अस्पतालको प्रारम्भीक अनुसन्धानबाट निज किशोरीको बलत्कार पछी हत्या भएको हुनसक्ने बिबरण सार्बजनीक भएका छन ।