मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागरथीको न्यायका लागि अछामका युवा सडकमा

भागरथीको न्यायका लागि अछामका युवा सडकमा


अछाम : बैतडीकी १७ बर्षिय कीशोरी भागरथी भट्टको परिवारलाई न्याय दे भन्दै अछाम सदरमुकाम मंगलसेनमा युवाले रयाली सहीत कोण सभा गरेका छन ।

बलात्कारीलाई फासि दे, संविधानमा टासी दे, हत्या हिसा बन्द गर, भागरथी, निर्मला र सम्झना लगाएतका परिवारलाई न्याय दे, विद्यालयमा आउने किशोरीको सुरक्षाको ग्यारेन्टी गर लगाएत लेखिएका पेले कार्ड तथा ब्यानर सहीत मंगलसेनको बजारको सडकमा उत्रिएर सत्य तथ्य छानविन सहीत सार्वजनिकका लागी युवाले बिरोध रयाली मंगलसेन बजारमा निकालेका हुन ।

नगर युवा संञ्जाल मंगलसेन, मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामको आयोजनामा अछाम बहुमुखी क्याम्पस, बिच बजार, बसपार्क पुगेर रयाली गर्दै खुल्ला मंञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले हरेक छोरीको सुरक्षाको लागी राज्य पक्ष जिम्मेवार बन्नु पर्ने बताए । यो घट्नाले पुरै देशभरका युवा सडकमा आएकाले तत्काले सरकारले दोषिलाई सार्वजनिक गरि कानुनी कटाघारामा ल्याउनु पर्नेमा रावलको जोड थियो ।

दिन दिनै महिला जन्य हिसाँ बढदै गएकाले अझै पनी राज्य सयन्त्र जिम्मेवार नबनेको आरोप लगाए । कार्यक्रम अध्यक्ष मंगलसेन नगर स्तरिय युवा संञ्जालका अध्यक्ष जगत भण्डारीले हरेक एकजना भागरथीको परिवारको लागी नभई यो राज्यलाई दायित्व बोझ गराउन सडक आउनु परेको बताए ।

कोण सभा कार्यक्रममा नेविसंघका नेतृ लक्ष्मी कुमारी बोगटी, नयाँ युवा नयाँ सोच नेपाल अछामका संयोजक पार्वती बिष्ट, मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामका संचिव अर्जुन जयगढी, दिपा भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संञ्चालन मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामका संयोजक रिदम बिसिले गर्नु भएको थियो ।