मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकहरुको बाँच्न पाउने मौलिक अधिकारको हनन् भयो

नागरिकहरुको बाँच्न पाउने मौलिक अधिकारको हनन् भयो


अछाम : दोगडाकेदार गाउँपालिका ७ चडेपानी घरभै सनातन धर्म माध्यमिक विद्यालय खोचीलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछी हत्या भएको बिषयलाई लिएर अछामका नागरिक संगठनका अगुवाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल अछाममा आबद्ध नागरिक समाज संस्थाले बिज्ञप्ती जारी गर्दै विद्यालयमा अध्ययन गर्न गएकी एउटी किशोरीको बलात्कार पछी विभत्स हत्या हुनुले नागरिकहरुको बाँच्न पाउने मौलिक अधिकारको हनन भएको भन्दै यसको ग्यारेन्टी राज्यले गर्नु पर्ने बताएको छ ।

प्रहरी प्रशासनले तिब्र गतिमा छानबिन गरी हत्याराको पत्ता लगाई दोषीलाई हदैसम्मको कानूनी कार्वाही गर्न र आम नागरिकहरुको बाच्न पाउने अधिकारको प्रत्याभूति गर्न नागरिक संगठनका सरोकारवालाले सरकारसंग जोडदार माग गरेका छन ।