मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भण्डारीको नेतृत्वमा बोल्न्या थलीको अछाममा युनिट गठन

भण्डारीको नेतृत्वमा बोल्न्या थलीको अछाममा युनिट गठन


अछाम : बोलन्या थलीको अछाम युनिट गठन भएको छ । जिल्लामा युवा पत्रकार सुशील भण्डारीको नेतृत्वमा समिति गठन भएको छ ।

अछामको ठुलासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले भण्डारीलाइ खादा लगाउदै सम्मान सहित बधाई तथा शुभकामना दिए । यस अघि सुदुरपश्चिमका विभिन्न जिल्लामा बोलन्याथलीको युनिट गठन गरिसकेको बोलन्या थलीका संस्थापक जोशीका बताए ।

बोलन्या थलीले सामाजिक कार्यसङ्गै सामाजिक बिसङ्गती,बिकृती बारे आवाज उठाउदै आएको छ भने पश्चिम सेती आयोजना निर्माणलाई दबाद दिन विभिन्न संघर्षका कार्य गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिब नमबहदुर शाही लगायत अन्य पार्टीका प्रतिनिधि र युुवा अभियान्ताहरुको उपस्थित रहेको थियो ।