मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखले पालिकाको सातौँ गाउँसभा सम्पन्न गर्यो

मेल्लेखले पालिकाको सातौँ गाउँसभा सम्पन्न गर्यो


अछाम : जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नो सातौँ गाउसभा सम्पन्न गरेको छ । ६ महिनाको अवधिमा पालिकाले गरेको प्रगति विवरणको सार्वजनिक गरिनुका साथै पालिकाले बैठकमा पारित गरेका विभिन्न कार्यविधि बारे जानकारी सहित सार्वजनिक गरेको थियो ।

सभाले बजेट संशोधन २०७७ पनि पारित गरेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट भौगोलिक अवस्था हेरि वडा विभाजनको लागि पनि सभाबाट पारित गरेको छ ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको गाउसभा सुभारम्बमा ६ महिनाको अवधिमा भएको कामको सार्वजनिक पछि सभाका सदस्य हरुले सुझाव तथा जिज्ञासा राखेका थिए ।

जनप्रतिनिधिले राखेको जिज्ञासा पछि प्रश्नको जवाफ दिँदै अध्यक्ष बोहराले मेल्लेख गाउँपालिकामा गरेको विकासको लाग कुनै कसर बाकी नराखेको बताएका थिए ।

शिक्षा, स्वास्थ्य, सडक, कृर्षी, पशुपालन, लक्षित बर्गका बालबालिका हरुको लागि पहिलो प्राथमिकतामा राख्दै अन्य विकासका ठुला आयोजना काम केही सम्पन्न भइसकेका र केही सम्पन्न हुने क्रममा रहेका बताए ।

मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडकाले ६ महिनाको अवधिमा अर्ध वार्षिक रूपमा भए गरेका काम र आय ब्याय प्रशासनिक गतिविधि को विवरण सार्वजनिक गरे ।

हाल सम्म मेल्लेख गाउँपालिका मा चालु तर्फ ३१ .७२५ पुजिगत तर्फ २९. ४६५ प्रतिशत खर्च भएको छ । यस आर्थिक वर्ष समयमै रकम भुक्तानी गरी सकिने पनि उनले बताए ।

मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले अब आगमि दिनमा राजश्व बढाउनु पर्नेमा जोड दिए ।

गाउँभामा वडा अध्यक्ष को तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष नर बहादुर साउद, न्यायिक समिति सदस्य वीर बहादुर बोहरा, टङ्क बुढा, कार्यपालिका सदस्य कमलदेवी ताम्राकार, जमुना दमाइर्, तथा गाउँ सभाका सदस्य हरुले सुझाव सहित समस्या पनि राखेका थिए ।

गाउँ सभाको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडकाले गरेका थिए ।