मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानुन कार्यान्वयनमा पछी हट्ने छैनः अछाम प्रहरी प्रमुख अर्याल

कानुन कार्यान्वयनमा पछी हट्ने छैनः अछाम प्रहरी प्रमुख अर्याल


अछाम : अछाम जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपि तुलसीराम अर्यालले आफ्नो पहीलो प्राथमिकता नै कानुन कार्यान्वयन भएको बताएका छन् ।

हालै अछाम प्रहरी कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी पाएर अछाम आईसकेपछी जिल्ला स्थित राजनितिक दलका प्रतिनीधी, महिला अधिकारकर्मि र पत्रकारसँग परिचायत्मक तथा जिल्लाको अबस्थाको बारेमा जानकारी लिदै डिएसपि अर्यालले कसैको भनसुन तथा दबाबमा नभई शान्ति सुरक्षा, न्याय सहीत कानुनको कार्यान्वयनको लागि जिल्लामा आएकाले नागरिकलाई ढुक्क हुन आग्रह गरे।

शान्ति सुरक्षा कायम सहीत अपराध जन्य घट्ना न्युनिकरण सहीत सामाजिक विकृतीको न्युनिकरणका लागी अभियान सहीत लक्ष्य पुरा गर्नका लागि हरेक क्षेत्रका सरोकारवालासँग समन्वय सहकार्य गर्दै अघि बढने डिएसपि अर्यालले बताए ।

राजनितिक दलका प्रतिनीधी, महिला अधिकारकर्मि र पत्रकारले छलफलको क्रममा अबैध तथा न्युन गुणस्तरको मदिरा नियन्त्रण, महिला तथा बालबालिका माथि हुने हिसां जन्य घट्ना, छाउपडी गोठ भत्काउने अभियान लगाएतका बिषयमा राखेका जिज्ञासा सहीत सुझाबहरुको जवाफ दिदै अर्यालले जिल्लामा उपलब्धी हासिल गर्न सबैको साथको आवश्यकता रहेकाले सबैलाई साथ दिन उनको आग्रह थियो।

जिल्लामा मदिराकै कारणले हिसां घटेको कुरालाई मध्येनजर गर्दै जिल्ला स्तर र पालिका स्तरमा भएका निर्णयलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने बताए । अछाम जिल्लाका थुप्रै स्थानिय तहमा भएका प्रहरी चौकीमा लामो समयदेखी कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीको हेरफर सहीत जिल्लामा शान्ति सुरक्षा कायम राख्न तत्पर रहेको उनको भनाइ थियो ।

प्रहरीले दिन मिल्ने सुचना आवश्यकताको आधारमा हरबखत पत्रकारलाई उपलब्ध गराउन आफु र आफ्नो संगठन तयार रहेको उल्लेख गरे । अन्तरक्र्रिया तथा परिचयात्मक कार्यक्रममा राजनितिक दलका प्रतिनीधी, महिला अधिकार कर्मि र जिल्ला स्थित पत्रकारको सहभागीता रहेको थियो ।