मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरपालिकाद्वारा अनुगमनलाई तिब्रता

पञ्चदेवल विनायक नगरपालिकाद्वारा अनुगमनलाई तिब्रता


अछाम : पञ्चदेवल विनायक नगरपालिकाले अनुगमनलाई तिब्रता दिएकाे छ । नगरका प्रत्येक वडामा भएगरेका काम कार्यान्वयन तथा सामाजिक गतिविधि बारे नगरपालिकाले चैत्र ३ गतेदेखि नियमनमा जाेड दिएकाे हाे ।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५,७,८,९ मा अनुगमन गर्दा प्राय वडाहरुमा अवैध मदिरा बिक्रीवितरण , दैनिक उपभाेग्यका सामाग्रीमा म्याद गुज्रेकाे,साइनबोर्ड नराखिएको , मुल्य सुचि कायम नगरिएको,शैक्षिक गुणस्तर न्यून रहेको , कतिपय विद्यालयमा अभिभावक भेलाले विद्यालय व्यावस्थापन समितिकाे टुंगो लगाउन नसकेकाे लगायतका कमजोरी दखिएकाे निरीक्षण टाेलीका संयाेजक पदम बहादुर माझीले बताए ।

शान्त तथा सभ्य समाज निर्माण गर्ने लक्ष्य सहित व्यापारिक गतिविधि निरीक्षण तथा मदिरा नियन्त्रणमा नगरपालिकाले बिशेश जाेड दिएकाे माझीले उल्लेख गरे । पटकपटककाे अाग्रह तथा अनुरोधमा ब्यापारीहरु सचेत नभएको पाइएकाले समाज नसुध्रिएकाे संकेत उनले दिए । भाेलि पनि अन्य वडाहरुमा अनुगमन गरिने छ ।