मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवलका विभिन्न वडामा निशुल्क पशु स्वास्थ्य शिविर – ग्रामिण भेगका पशु कृषक लाभान्वित

पञ्चदेवलका विभिन्न वडामा निशुल्क पशु स्वास्थ्य शिविर – ग्रामिण भेगका पशु कृषक लाभान्वित


अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ । पशु सेवा शाखा विनायककाे अायाेजना तथा वाक नेपाल भकारी परियाेजना कार्यक्रमकाे सहकार्यमा नगरका विभिन्न वडामा शिविर सञ्चालन निरन्तर चलिरहेको पशु सेवा शाखा विनायकका संयाेजक प्रेम जैशीले जानकारी दिए ।

वडा नम्बर ८ बारला, वडा नम्बर ९ कालेकाँडामा शिविर सम्पन्न भैसकेको छ । शनिबार पुल्लेताेलामा पनि सयाैँ सेवाग्राहीलाई सेवा दिँदै सम्पन्न भएकाे हाे ।

वडा नम्बर ७ पुल्लेताेलाका वडा अध्यक्ष गाेबिन्द बहादुर रावलकाे अध्यक्षतामा सम्पन्न भएकाे शिविरको उद्घाटन कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहनु भएकाे थियो ।

पशु स्वास्थ्यका लागि सेवा लिन अाएका सम्पुर्ण सेवाग्राहीलाई बधाई तथा धन्यवाद दिँदै उहाँले व्यावसायिक पशुपालनमा जाेड दिन आग्रह गर्नु भयाे ।

यस्तै पशु सेवा साखा संयाेजक प्रेम जैशीले शिविर सञ्चालनकाे मुख्य उदेश्य माथि प्रस्ट पारे । पुरानो शैलिबाट नभई अाधुनिक शैलीमा पशु बस्तुकाे उपचार गर्नु पर्ने सम्पुर्ण सेवाग्राहीलाई अाग्रह गरे ।

पशु स्वास्थ्यका लागि अावश्यक प्राबिधिक सहयाेग गर्न नगरपालिकाद्वारा कुनै कसुर बाँकी नराख्ने संयाेजक जैशीले कार्यक्रम मार्फत जानकारी गराए ।

पुल्लेताेलामा करिब २ सय ५० भन्दा बढिले पशु स्वास्थ्यका लागि सेवा लिएका छन भने पशु सेवा शाखा विनायकका प्राबिधिक बिष्णु शाही , हरिचन्द्र बाेगटी, वाक नेपाल भकारी परियाेजना कार्यक्रम संयाेजक मान बहादुर शाही लगायत अन्य पशु स्वास्थ्य प्राबिधिकहरुले सेवा दिएका हुन । भने उद्घाटन कार्यक्रमकाे सञ्चालन पत्रकार महासंघ अछामका सह सचिव तपेन्द्र धामीले गरेका हुन ।
यस्तै अन्य वडा ताेलि १७ गते र कालिकास्थान १८ गते निशुल्क शिविर सञ्चालन गरिने पशु सेवा शाखा विनायक तथा वाक नेपाल भकारी परियाेजना कार्यक्रमले जानकारी दिएको छ ।