मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार कल्याणकारी कोषका लागि प्रेस युनियन अछामका पूर्व अध्यक्ष ढुंगानाद्धारा ५ हजार सहयोग गर्ने घोषणा

पत्रकार कल्याणकारी कोषका लागि प्रेस युनियन अछामका पूर्व अध्यक्ष ढुंगानाद्धारा ५ हजार सहयोग गर्ने घोषणा


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका पूर्व अध्यक्ष यज्ञराज ढुंगानाले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश परिषद सदस्य रहेका अछामका पुराना पत्रकार ढुंगानाले कोषका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष समेत रहेका ढुंगानाले विभिन्न समयमा सामाजिक तथा परोपकारी काम गर्दै आईरहेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले बुधबारको दोश्रो बैठक मार्फत जिल्ला स्थित महासंघ संग आवद्ध क्रियाशिल पत्रकार तथा संचारकर्मीलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।