मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामका २ जनामा काेराेना देखियो

पत्रकार महासंघ अछामका २ जनामा काेराेना देखियो


मदन जैसी अछाम

पत्रकार महासंघ जिल्ला शाखा अछामका दुई जना सदस्य लाई काेराेना संक्रमण पुष्टि भएको छ ।

विनायक स्वास्थ्य चाैकिमा गरिएको एन्टिजेन्ट परिक्षणमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका २१ बर्षिय दिनेश केशी र वडा नम्बर १ कुइका सागर देवकाेटालाई काेराेना पुष्टि भएको हाे ।

महासंघ अछामका सदस्य दिनेश केशी र सागर देवकोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अाफुलाई परिक्षण पुष्टि भएको जानकारी गराए । लक्षण सहित संक्रमण पुष्टि भएकाले अाफ्नाे सम्पर्कमा रहेका सम्पुर्ण ब्यक्तिहरुलाई सुरक्षित रहन केशीले अाग्रह गरेका छन ।