मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा हाई फ्लो अक्सिजनका ५ बेड संचालनमा, अस्थायी आकस्मिक कक्ष पनि निर्माण

बयालपाटा अस्पतालमा हाई फ्लो अक्सिजनका ५ बेड संचालनमा, अस्थायी आकस्मिक कक्ष पनि निर्माण


अछाम । जिल्लाको बयालपाटा अस्पतालमा हाई फ्लो अक्सिजनको ५ वटा बेड संचालनमा आएका छन् । कोरोना संक्रमण भएका जटिल खालका बिरामीको लागि चाहिने उच्च मात्राको अक्सिजन सहितको थप ५ बेड संचालनमा आएका हुन् ।

कोरोना संक्रमित भई जटिल अवस्थामा रहेका बिरामीको लागि ५ र अन्य १५ वटा गरेर २० वटा बेड संचालनमा ल्याईएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले बताए । बयालपाटा अस्पतालमा आफ्नै अक्जिन प्लाण्ट छ निर्देशक पाठकले भने तर ति सबै आकस्मिक कक्ष, शल्यक्रिया कक्ष र अन्तरंग बिभागमा प्रयोग हुदैँ आएको थियो ।

अहिलेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक कक्षलाई उच्च जोखिम जसको शरिरमा अक्सिजनको मात्रा कम छ ति कोरोना संक्रमितका बिरामीको लागि प्रयोग गरिने उनले बताए । अस्पतालमा कोरोना संक्रमितको लागि रहेका अन्य १५ वटा आईश्वलेसन बेडमा भने अक्सिजन कन्सन्टेटरको प्रयोग गरेर बिरामीलाई अक्सिजन दिने काम भईरहेको उनको भनाई छ ।

बिरामीको अवस्था हेरेर कसलाई कुन मात्रामा अक्सिजन आवश्यक पर्छ त्यही आधारमा बेडहरु प्रयोग गरिने अस्पतालले जनाएको छ ।

साँफेबगर नगरपालिकाको सहयोगमा अस्थायी आकस्मिक कक्ष निर्माण ।

बयालपाटा अस्पतालमा अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको छ । हालको आकस्मिक कक्षलाई कोरोना उच्च जोखिम भएका बिरामीको लागि प्रयोग गरिने भएपछि अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ ।

अछाम जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर अक्सिजन प्लाण्टबाट अक्जिन जडित बेड भएको आकस्मक कक्षलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने भएकाले अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ ।

अस्थायी आकस्मिक कक्ष