मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष खड्काले गरे जनताका लागि खुशीको निर्णय, आफु चढ्ने गाडी बिरामी बोक्न प्रयोग गरिने

अध्यक्ष खड्काले गरे जनताका लागि खुशीको निर्णय, आफु चढ्ने गाडी बिरामी बोक्न प्रयोग गरिने


अछाम । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले गाँउपालिकाको गाडीलाई बिरामीको प्रयोगका लागि दिएका छन् । उनले गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि दिएका हुन् ।

अध्यक्ष खड्काले आफुले प्रयोग गर्दै आएको गाडी निषेधाज्ञाको अवधिभर बिरामी बोक्ने प्रयोजनको दिने निर्णय गरेका हुन् । गाँउपालिकाका बिरामीलाई जिल्ला बाहिर नेपालगञ्ज, धनगढी वा जिल्ला भित्रै बयालपाटा अस्पताल तथा जिल्ला अस्पताल लैजानु परे आफ्नो गाडी दिने उनले बताए ।

गाँउपालिकाले यसअघि एक गाडी भाडामा लिएर भएपनि बिरामीलाई बोक्न प्रयोग हुदैँ आएको छ । अध्यक्ष खड्काले पालिकाका वडा देखि गाँउ टोलबाट बिरामी लिएर अस्पताल पुर्याउन गाडी भाडामा लिएर जनतालाई निशुल्क सेवा दिएको बताए ।

कोरोना रोकथाम र नियन्त्रण गर्न गाँउपालिका क्रियाशिल रहेको उनले बताए ।