मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निको भएर घर फर्किन्छौँ भन्ने आस थिएन, दोश्रो जीवन पाए सरह भयो,

निको भएर घर फर्किन्छौँ भन्ने आस थिएन, दोश्रो जीवन पाए सरह भयो,

बयालपाटा अस्पताल हाम्रा लागि बरदान बन्यो


कोभिड जितेका दम्पतीको कुरा, बयालपाटा अस्पताल हाम्रा लागि बरदान बन्यो

अछाम । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. २ का सुरत भुललाई श्रीमतीलाई निको भएर घर लैजान्छु भन्ने कत्ति आश थिएन । श्रीमती निता भुलको स्वास्थ्यमा समस्या आएपछि बयालपाटा अस्पताल पुरयाएका उनले श्रीमतीलाई निको भएर घर लैजान्छु भन्ने झिनो आश पनि राखेका थिएनन् ।

श्रीमतीको स्वास्थ्य अवस्था देखेर हत्तोसाईत भएका सुरतलाई चिन्ताले पिरोलको थियो । देशभरको कोरोनाको कहरले गर्दा तत्कालै उपचारका लागि बाहिर लैजान सक्ने अवस्था थिएन उनि भन्छन् बेड नपाएर कतिपयले ज्यान गुमाएका समाचारले आफुलाई ठुलो चिन्ताले पिरोलेको थियो । तर उनका लागि बयालपाटा असपताल बरदान नै साबित भयो ।

श्रीमतीको स्वास्थ्य अवस्था देखेर दुखी बनेका सुरत बयालपाटा अस्पतालमा ८ दिनको नियमित उपचार पछि श्रीमती निको भएर घर फर्किएपछि उनको परिवारमा खुशीको सिमा छैन् । श्रीमतीलाई निको भएर घर लिएपछि उनको परिवारको मुहारमा खुशी छाएको छ, सुरत भन्छन् हामीलाई दोश्रो जीवन मिलेको छ, बयालपाटा अस्पताल हाम्रा लागी बरदान नै भएको छ । अस्पतालका स्वास्थ्यकर्मीको अथाह मेहनतले मेरो श्रीमतीले दोश्रो जीवन पाईन उनले सुदूरआजसंगको कुराकानीमा भने ।

आज भन्दा ९ दिन पहिले सुरत भुलकी श्रीमती निता भुलको स्वास्थ्यमा एक्कासी समस्या आयो । उनलाई सुरुमा एक्कासी टाउको दुखाई संगै ज्वरो आएपछि उनका श्रीमान सुरत भुलले साँफेबगर बजारमै रहेको मेडिकलबाट एकजना स्वास्थ्यकर्मीको सल्लाहमा औषधी गरे । सामान्य औषधी गरेपछि केही हद्सम्म ज्वरो त कम भयो सुरत भन्छन् तर श्रीमतीलाई सास फेर्न एकदमै गाह्रो भयो, उनी दुई पाईला समेत हिड्न नसक्ने भईन् । श्रीमतीको त्यो अवस्था देखेर सुरतको मनमा चिसो पस्यो । उनलाई लाग्यो यो कोरोना बाहेक अरु केही होईन् । उनले तत्काल श्रीमतीलाई अस्पताल लिएर गए ।

अस्पताल पुर्याउदा उनको शारिरिक लक्षण हेर्दा कोरोना संग मिल्दो जुल्दो थियो, अक्सिनको मात्रा पनि ८० भन्दा कम थियो, बयालपाटा अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठले भने हामीले उनको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर पठायौँ । दोश्रो दिन प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण देखायो । कोरोना संक्रमण देखाएपछि उनलाई अस्पतालले आईश्वलसेन वार्डमा राखेर उपचार सुरु गर्यो ।

डा. श्रेष्ठको प्रत्यक्ष निगरानीमा उनको उपचार सुरु भयो बयालपाटा असपतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले भने हामीले तत्कालै उनलाई अक्जिन दिएर उपचार सुरु गर्यौँ । उनको क्रमिक रुपमा स्वास्थ्यमा सुधार हुदैँ गएपनि शरिरमा अक्जिनको मात्रा कम बढी भईरहेको थियो डा. पाठकले भने हामीले उनलाई हत्तोसाईत नहुन र आत्मबल बढाउन आग्रह गरेपछि उनको शरिरमा अक्जिनको मात्रा बढ्दै गयो ।विस्तार उनको स्वास्थ्य अवस्था सामान्य हुदैँ निको भएर घर फर्किनु भयो ।

श्रीमतीलाई सन्चो भएको खुशीमा अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग ।

समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आफ्नो श्रीमतीलाई दोश्रो जीवन दिएको भन्दै आज घर फर्किने बेला अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन् । बयालपाटा अस्पतालले बिरामीलाई निको बनाएर दोश्रो जीवन दिएर घर पठाउने गरेको भन्दै आफुले सहयोग गरेको उनले बताए ।

यस्तो कोरोनाको कहरमा अस्पतालले निशुल्क रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफुले सहयोग गरेको भुलको भनाई छ । कोभिड १९ का कारण सेनिटाईजर र मास्क समेत नलगाई अस्पताल पुगेका बिरामीलाई अस्पताले निको बनाएर घर पठाउने काम गरेको प्रति आफु ८ दिनको बसाईमा निकै प्रभावित भएको उनले सुनाए ।

स्वास्थ्यकर्मीको उपचार गर्ने साहस नै आत्मबल र हौसल्ला भएको सुरत भुलको भनाई छ । अस्पतालले दिईरहेको सेवा र स्वासथ्यकर्मीको कामको जति प्रशंसा गरे पनि कमै हुने बुझाई सुरतको छ । कोभिडका कारण अछामी जनता कसैले पनि यस्तो अवस्था भोग्न नपरोस भन्दै उनले भने स्वास्थ्यकर्मीको यस्तो अदम्य शाहसका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

कोरोना संक्रमितको उपचारको अर्गमोर्चामा डा. बिप्लव श्रेष्ठ ।

बयालपाटा अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठको टोलीले निता भुल संगै वार्डमा रहेका सबै बिरामीको हरेक दिन खटेर उपचार गरिरहेका छन् । बिरामीको अवस्था कस्तो छ भनेर उनले दिनरात बिरामीका कुरुवाले खबर गर्ने बित्तिकै वार्डमा पुगेर अवस्थाको बारेमा जानकारी लिने गरेका छन् ।

वार्डमा भर्ना भएका निता संगै अन्य ४ जना अरु बिरामी पनि निको भएर घर फर्किएका छन् । श्रोत साधनले भ्याएसम्म बिरामीको उपचार गरिरहेका छौँ डा. श्रेष्ठले भने अक्सिन आवश्यक पर्ने बिरामीलाई नियमित अक्सिजन दिईरहेका छौँ भने जसको अक्सिजन लेभल राम्रो छ उनिहरुको नर्मल रुपमा उपचार भईरहेको छ ।

डा. श्रेष्ठको नेतृत्वमा बयालपाटा अस्पतालले कोभिड रेष्पोन्स टिम बनाएको छ । डा. श्रेष्ठको टिमले नै हाल कोरोना संक्रमितको उपचार गरिरहेको छ । डा. श्रेष्ठ बिरामीको उपचार संगै उनिहरुले खाना खाए नखाएको लगायतका अन्य अवस्थाका बारेमा पनि जानकारी राख्छन् ।

बिरामीले खान नखाएको भए आफै खबर गरेर खानाको बन्दोबस्त समेत गर्दछन् । बिरामीको उपचारका लागि नम्र बोली स्वभावका डा. श्रेष्ठ हरेक बिरामीलाई निकै राम्रो लाग्छन् । सहयोगी मन भएका डा. श्रेष्ठको उपचार संगै दिने सल्लाहले आत्मबल बढेको बिरामीहरु सुनाउछन् ।

कोरोनाको कहरमा आफ्नो सुरक्षाको समेत प्रवाह नगरी डा. श्रेष्ठको टिम बिरामीको उपचारमा दिनरात खटिरहेको छ । कुनै बेला एकदमै हतार हुन्छ, उनि भन्छन् त्यो बेला स्वास्थ्य सुरक्षाका लागि पिपिई समेत नलगाई वार्डमा जानुपर्ने अवस्था हुन्छ ।

बिगत ५ बर्ष देखि बयालपाटा अस्पतालमा कार्यरत डा. श्रेष्ठ कोभिड संक्रमित बिरामीको मात्र नभई अरु बिरामीको उपचारमा समेत उत्तिकै क्रियाशिल हुन्छन् । अस्पतालले सिमित श्रोत साधनका बाबजुत पनि सेवा प्रवाह गरिरहेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

फोटो : कोरोना संक्रमणबाट निको भएर घर फर्किनेबेला अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकलाई ५० हजार ५ सय ५५ को चेक हस्तान्त्ररण गर्दै दम्पती ।