मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना कहरका बिच ५४ जनाले लिए सुत्केरी सेवा, ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया

कोरोना कहरका बिच ५४ जनाले लिए सुत्केरी सेवा, ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया


अछाम । जिल्लाको बयालपाटा अस्पतालमा बैशाख महिनामा मात्रै ६६ वटा ठुला हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन् भने ५४ जनाले सुत्केरी सेवा लिएका छन् ।

दोश्रो लहरको कोरोना महामारीको बैशाख महिनामा मात्रै कोरोना कहरका बिच पनिअस्पतालले सुत्केरी सेवा, सिएस, शल्यक्रिया, लगायतका आकस्मिक सेवा निरन्तर प्रदान गरिरहेको मेडिकल निर्देशक डा. मन्दीप पाठकले बताए ।

बैशाख महिना मात्रै २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले जनाएको छ ।

हात खुट्टको हड्डी टुटेका, कुईना फुटेका, तिघ्रामा रड राख्नु पर्नेका खालका शल्यक्रिया भएका बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दीप पाठकले बताए । कोरोनाको महामारीका बिच पनि जोखिमका खालका शल्यक्रिया गर्न टिम सफल भएको उनले बताए । बिरामीको लागि अहिलेको अवस्थामा बाहिर जाने बिकल्प छैन, हामीले जोखिम लिएर भएपनि शल्यक्रिया गर्न सफल भएका छौँ ।

सामान्य समयमा त शल्यक्रिया भई नै रहेका हुन्छ्न डा. पाठकले भने अहिलेको अवस्था एकदम उच्च जोखिम छ तर पनि बिरामीका लागि अर्को बिकल्प नहुदा हामीले शल्यक्रिया गर्नु परिरहेको छ । शल्यक्रिया गर्न एक पुरै टिम चाहिन्छ उनले भने हाम्रो अस्पतालमा स्वास्थ्यकर्मी समेत कोरोना संक्रमण भएका कारण पनि टिमका सदस्यको कमी छ, तर हामीले व्यावस्थापन गरेर बिरामीको उपचारमा कमि हुन दिएका छैनौँ ।

बैशाख महिना मात्रै हामीले ६६ ठुला सहित १ सय ३१ महिला तथा २ सय ३५ गरेर ३ सय ६६ साना शल्यक्रिया गरेका छौँ उनले भने । यो अवधिमा अछाम सहित डोटी र बाजुराका बिरामीको पनि शल्यक्रिया भएको डा. मन्दीप पाठकले बताए ।

५४ जनाले सुत्केरी सेवा लिए ।

अस्पतालका अनुसार बैशाख महिना मात्र ५४ जनाले सुत्केरी सेवा लिएका छन् जसमा १० जनाको अप्रेसन मार्फत बच्चा जन्माईएको हो । जोखिम अवस्थामा अस्पताल आएका गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालका डा. दिल शाही रोक्काले बताए ।

४४ जना सामान्य अवस्थामै सुत्केरी भएपनि १० जनाको अवस्था उच्च जोखिम रहेकाले शल्यक्रिया मार्फत सुत्केरी गराईएको उनले बताए ।

कोरोना कहरका बिच जोखिम मोलेर भएपनि हामी महिला तथा बच्चाको ज्यान जोगाउन सफल भएका छौँ उनले भने । एका तर्फ कोरोनाको डर छ भने अर्को तर्फ महिलाको जोखिमका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

बयालपाटा असपतालले कोरोना महामारीका बेला बाहिरंग सेवा बाहेक फिबर क्लिनिक, अन्तरंग सेवा, आकस्मिक सेवा शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।