मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप १ जना कोरानो संक्रमितको मृत्यु

अछाममा थप १ जना कोरानो संक्रमितको मृत्यु


अछाम : जिल्ला अस्पताल अछाममा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका १ का ६३ बर्षिय पुरुषको उपचारको क्रममा आज दिउसो ४ बजेर ४५ मिनेटमा जिल्ला अस्पतालको आईशुलेसनमा मृत्यु भएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताए ।

संक्रमीत पुरुषलाई स्वास प्रश्वास तथा अक्सिजनको मात्रा एकदमै कम भएर जेठ ७ गते मात्रै जिल्ला अस्पताल अछाममा ल्याईएको उनले बताए ।

अछाममा दोस्रो लहरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जिल्ला अस्पताल अछामको आईशुलेसन वार्डमा उपचार पछी निको भएर सबै डिसार्च भएका छन् भने १ जना संक्रमित उपचारारर्थ रहेका छन ।