मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर हस्तान्त्ररण

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर हस्तान्त्ररण

"महामारीका बेला अस्पताललाई सहयोग गर्न कञ्झुस्याई नगरौँ : नगर प्रमुख कुवँर"


“महामारीका बेला अस्पताललाई सहयोग गर्न कञ्झुस्याई नगरौँ : नगर प्रमुख कुवँर”

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरले आफै सिलिण्डर खरिद गरेर सिलिण्डर संगै ७ थान रेगुलेटर समेत अस्पताललाई दिएको नगरप्रमुख कुल बहादुर कुवँरले बताए ।

नगर प्रमुख कुवँरले अस्पतालले कोरोना महामारी संग निरन्तर संघर्ष गर्दै यस क्षेत्रका जनताको उपचारमा क्रियाशिल रहेकाले आफुले उपकरण लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गरिरहेको बताए । बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवामा कुनै कमि हुन नदिन आफु निरन्तर लागिपरेको र सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए ।

अब अस्पतालमा अक्सिजनको कमि हुन नदिन खाली भएका सिलिण्डरलाई भर्न पनि पहल गुर्नपर्ने उनले बताए । जिल्लामा दुई अस्पतालले प्रशंसनिय सेवा दिईरहेको भन्दैँ सबै क्षेत्रबाट सहयोग गर्नुपर्नेमा कुवँरको जोड छ । अहिले सम्म सहयोग गर्ने सबै मनहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

जिल्लाका अरु पालिकाले पनि यतिबेला कुनै कञ्झुस्याई नगरी अस्पतालहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । अछामी जनता बचाउनको लागि जसरी दुई अस्पताल सक्रिय छ्न हामीले पनि तिनिहरुको व्यावस्थापन पक्ष कस्तो छ के कस्तो सहयोग आवश्यक पर्छ भनेर ध्यान दिनुपर्ने उनको भनाई थियो ।

भेरी अस्पतालमा भएको घट्ना एकदमै निन्दनीय छ : नगर प्रमुख कुवँर

एक अर्को प्रशंगमा बोल्दै नगर प्रमुख कुवँरले भेरी अस्पताल नेपालगंजमा भएको घट्ना एकदमै निन्दनीय भएको बताए । कोरोनाबाट जनता बचाउन सबै भन्दा ठुलो भुमिका स्वास्थ्यकर्मीको छ नगर प्रमुख कुवँरुले भने उनिहरुलाई हौसल्ला र प्रोत्साहन दिनुपर्ने बेला हातपात हुनु दुखद हो ।

स्वास्थ्यकर्मी आफै संक्रमित भएर संर्घष गरिरहेका बेला उनिहरुमाथी नै यस्तो प्रकारको घट्ना हुनु लज्जास्पद भएको भन्दै त्यस्ता व्यक्तीहरुलाई कडा कारबाही हुनुपर्नेमा उनको जोड थियो ।

यस्तै बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकिस्ता निर्देशक डा. मन्दीप पाठकले साँफेबगर नरगपालिकाको नियमित सहयोगका लागि धन्यवाद दिएका छन् । आज उपलब्ध भएका सिलिण्डरले थप राहत हुने उनको भनाई थियो ।

उनले पनि भेरी अस्पतालमा भएको घट्ना प्रति दुख व्यक्त गरेका छन् । यस्तो प्रकारको घट्नाले हामी सबै स्वास्थ्यकर्मीको मनोबल झन कम्जोर बनाएको उनले बताए । यस्ता घ्टना दोहोरिन नदिन सबै पक्षले स्वास्थ्य सेवालाई बुझ्न जरुरी रहेको उनको भनाई थियो ।