मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु


अछाम : अछाम जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ का ८० बर्षिय बृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पछी होम आईशुलेसनमा बसिरहेका बृद्धको आज दिउसो साढे ३ बजे मुत्यु भएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । जेठ १० गते नमुना संकलन गर्दा १२ गते संक्रमण पुष्टि भएका ८० बर्षिय बृद्ध होम आइशुलेसनमा बस्दै आएका बिष्टले बताए ।

आज १ जना थपिएसँग अछाममा दोस्रो लहरको कोरोनाको कारण मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । पहीलो लहरमा ५ र दोस्रो लहरमा १७ गरि अछाम जिल्लाका २२ जनाको मृत्यु भएको छ ।

यसैबिच अछाममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाले कोरोनालाई जितेर घर फर्केका स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशिले जानकारी दिए ।