मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेशागत सुरक्षा, भौतिक निर्माण र क्षमता अभिबृद्धी पहिलो प्राथमिकता : महासंघ प्रदेश अध्यक्ष रावल

पेशागत सुरक्षा, भौतिक निर्माण र क्षमता अभिबृद्धी पहिलो प्राथमिकता : महासंघ प्रदेश अध्यक्ष रावल


अछाम : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष योगेश रावलले महासंघले पत्रकारका पेशागत सुरक्षा, भौतिक निर्माण र क्षमता अभिबृद्धीमा जोड दिएको बताएका छन् । महासंघले प्रदेशका ९ वटै जिल्लामा उक्त कुराको सुनिश्चता गर्न महासंघ अघि बढेको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको हरिनगर ठुलासनैनमा निर्माण हुन लागेको भवनको मंगलबार सिलान्यास गर्दै अध्यक्ष रावलले समयमै भवन निर्माण हुने बिश्वास व्यक्त गरेका छन् । शाखाको भवन निर्माण सम्पन्न गर्न आफु र प्रदेश समिति सधैँ साथमा रहने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका पूर्व अध्यक्ष अर्जुन शाहले महासंघ प्रदेशले सुरुमै भौतिक निर्माणलाई जोड दिएको उल्लेख गरे । पहिलो र दोश्रो चरण गरेर ९ वटै जिल्लामा आफ्नै भवन निर्माण हुनुपर्ने योजनाका साथ अघि बढे अनुसार अहिले काम भईरहेको शाहले बताए ।

राज्यसयन्त्र निरंकुश बनेका कारण पत्रकारीता क्षेत्रमाथी आक्रमण बढीरहेको छ : पूर्व अध्यक्ष शाह

आगामी कार्यकालमा सबैको साझा प्रत्यत्नमा प्रदेशका बिभिन्न जिल्लाका निर्माणधिन भवन सम्पन्न गर्न सहयोगका साथै र क्षमता अभिबृद्धीमा जोड दिन आग्रह गरे । राज्यसयन्त्र निरंकुश बनेका कारण हरेक कोणबाट दिनदिनै हरेक कोणबाट पत्रकारीता क्षेत्रमाथी आक्रमण भईरहेकोले चुनौती थपिदै गएको उनले बताए । तर काम तथा अभिभारा पुरा गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष एवंम मंगलेसन नगरपालिका वडा नं. ६ का अध्यक्ष जनकराज भण्डारीले आफ्नै पालीकाको वडामा महासंघको भवन निर्माणका लागि शिलान्यास भएको खुशी व्यक्त गर्दे महासंघ संग आफु सधै साथ रहने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघ अछामका अध्यक्ष खम्म खत्रीले शाखाले समयमै भवन निर्माण गर्ने लक्ष्य लिएका कारण यस कार्यमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए । महासंघ प्रदेश तथा स्थानिय निकायलाई भवन निर्माणका लागि सहयोग गर्न उनले आग्रह गरेका थिए ।

शिलान्यास कार्यक्रममा महासंघ प्रदेश सचिव हरी जोशी, सदस्य तपेन्द्र कुवँर, पूर्व सदस्य पुष्पराज भट्ट, प्रेस चौतारी अछामका अध्यक्ष कमल रावल, प्रेस यूनियन अछामका सचिव सुशिल भण्डारी लगायतको सहभागिता रहेको थियो ।

भवन निर्माणका लागि महासंघ प्रदेश समितिको पहलमा सुदुरपश्चिम प्रदेश सरकारले १० लाख बजेट बिनियोजित गरेको थियो । महासंघ अछामको भवन निर्माणका लागि ६४ लाख थप रकम आवश्यक रहेको शाखा अध्यक्ष खत्रीले जानकारी दिए ।