मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश अध्यक्ष रावलले गरे महासंघ अछामको भवन शिलान्यास

प्रदेश अध्यक्ष रावलले गरे महासंघ अछामको भवन शिलान्यास


अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको भवनको शिलान्यास गरिएको छ । जिल्लाको मंगलसेन नगरिपालिकामा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष योगेश रावलले भवनको शिलान्यास गरे । शिलान्यासमा प्रदेश पूर्व अध्यक्ष अर्जुन शाह, शाखा अध्यक्ष खम्म खत्री र शाखा पूर्व अध्यक्ष एवंम मंगलसेन नगरपालिका वडा नंं ६ का अध्यक्ष जनक भण्डारीले साथ दिए ।

भवनको शिलान्यास गर्दे प्रदेश अध्यक्ष रावलले समयमै भवन निर्माण गर्न तर्फ क्रियाशिल हुने शाखालाई आग्रह गरे । उक्त कार्यका लागि आफु र प्रदेश समिती सधै साथमा रहेने समेत उनले बताए ।