“बजेटका लागि प्रदेश र स्थानिय सरकारलाई आग्रह गर्ने अछामका सरोकारवालाको प्रतिबद्धता“
अछाम । अछाम जिल्लाका सरोकारवालाहरु बयालपाटा अस्पतालको दिर्घकालिन आर्थिक व्यावस्थापनका लागि पहल गर्ने बिषयमा एकमत भएका छन् । आर्थिक बर्ष २०७८/७९ मा बयालपाटा अस्पताललाई बजेट बिनियोजित गराउन स्थानिय र प्रदेश सरकारलाई आग्रह गर्ने बिषयमा उनिहरु एकमत भएका हुन् ।
सोही कार्यका लागि यहि जेठ २४ गते जिल्ला समन्वय समिती अछामको पहलमा बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्र रहेका अछामका सबै स्थानिय पालिका, बाजुराका केही स्थानिय पालिका र डोटीको पूर्वीचौकी गाँउपालिका स्थानिय पालिकाका प्रमुख संग बयालपाटा अस्पतालमा बैठक गर्ने निर्णय गरिएको छ ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/BH1.jpg?resize=720%2C540&ssl=1)
बयालपाटा असपतालको सेवा दिर्घकालिन संचालन गर्न बजेटको व्यावस्थापन गर्ने बिषयमा आज एक चरणको छलफल भएको छ, ‘जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँरले भने, आउने २४ गते स्थानिय पालिका प्रमुख संग बैठक गरेर प्रतिबद्धता सहितको निर्णय हुन्छ ।’
साथै सोही बैठकबाट सुदुरपश्चिम प्रदेश सरकारलाई अस्पतालका लागि बजेट बिनियोजित गर्न सामुहिक निर्णय गरेर पठाईने समन्वय प्रमुख कुवँरले बताए । नेपाली कांग्रेस अछामका सभापती एवं पूर्व जिविस सभापति भरत कुमार स्वाँरले अस्पतालको दिर्घकालिन सेवा सचांलनमा कमी हुन नदिन आफुले पहल गर्ने बताए ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/Bh2.jpg?resize=720%2C540&ssl=1)
उनले भने स्थानिय पालिका देखी प्रदेश सरकार संग बयालपाटा अस्पतालका लागि बजेट बिनियोजित गर्न कडाईका साथ आग्रह गर्छु । साथै सरकारी जिपी डाक्टर र बिएमएलटीका लागि संघिय सरकारलाई घच्घचाउन पनि आफु सक्रिय हुने र अरु सबै सरोकारवालाले पनि पहल गर्नु पर्ने सभापति स्वारको भनाई थियो ।
जसरी भएपनि आर्थिक व्यावस्थापन गरेर अस्पतालको सेवा थप विस्तार गरी गाईने तथा बाल रोग बिशेषज्ञ सहतिको सेवा संचालन गर्न सबैको जोड हुनुपर्ने उनको भनाई थियो । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले नगरले अस्पतालको दिर्घकालिन आर्थिक व्यावस्थापनमा हरेक बर्ष बजेट बिनियोजित गर्दै आएको र आउने दिनमा बजेटसंगै स्वास्थ्य बिमालाई पनि कडाईका साथ लागु गर्ने धारणा राखेका थिए ।
अस्पतालमा दिर्घकालिन आर्थिक व्यावस्थापनका लागि प्रदेश सरकारलाई आफुले पटक पटक अनुरोध गरिहेको उनले बताए । नेपालमै एकमात्र निशुल्क सेवा दिन बयालपाटा अस्पतालका लागि संघिय सरकारले पनि बजेट छुट्याउने पर्नेमा उनको जोड थियो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/Bh3.jpg?resize=720%2C540&ssl=1)
बयालपाटा अस्पताल प्रदेश र संघिय सरकारका लागि गौरव गर्नुपर्ने बिषय हो नगर प्रमुख कुवँरले भने ‘सबै प्रकारका सेवा निशुल्क बयालपाटा बाहेक देशमा अन्त कतै छैन्’ । बयालपाटा अस्पताललाई आगामी दिनमा ग्रामिण ट्रमा सेन्टरको रुपमा समेत विकसित गर्नुपर्नेमा नगर प्रमुख कुवँरको जोड थियो ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बयालपाटा असपताल ५० बेडको अनुमति प्राप्त अस्पताल भएकाले यसको आर्थिक व्यावस्थापनको जिम्मा प्रदेश सरकारले लिनुपर्नेमा जोड दिए । अस्पतालले अछामी जनता र छिमेकी जिल्लाका जनतालाई प्रभावकारी निशुल्क सेवा दिईरहेको भन्दै उनले यसको दिर्घकालिन संचालनका लागि सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।
स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले न्याय हेल्थ नेपालले संचालन गरिरेको सामुदायिक स्वास्थ्य कार्यक्रमहरु स्थानिय पालिकाबाटै हुनुपर्ने र संस्थाले अस्पतालको सेवा थप गर्नमा लाग्नुपर्ने धारणा राखे । अहिले हरेक पालिकामा स्वास्थ्य चौकी छन्, न्याय हेल्थ नेपालका र सरकारी कार्यक्रमहरु लगभग एउटै प्रकारका छन् ति कार्यक्रमहरुलाई मर्ज गरेर एकरुपता गर्नुपर्ने र अस्पतालले थप बिशेषज्ञ सहतिको सेवा बिस्तार गर्नुपर्नेमा उनले जोड दिए । नितिगत रुपमै प्रदेश सरकारले हरेक बर्ष अस्पतालका लागि बजेट व्यावस्थान गर्नुपर्ने र बजेटकै लागि अस्पतालमा हरेक बर्ष बैठक बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई थियो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/Bh4.jpg?resize=720%2C540&ssl=1)
अस्पतालको चालु आर्थिक बर्षको खर्च बिबरण र आगमी बर्षका लागि आवश्यक पर्ने बजेट तथा अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा अस्पतालमा मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकले सहभागीलाई जानकारी गराएका थिए । आगामी आर्थिक बर्षमा अस्पतालका नियमित सेवा र कोरोना रोकथाम र नियन्त्रणमा गरेर २१ करोडको हाराहारीमा बजेट आवश्यक रहेको उनले जानकारी दिएका थिए ।
बैठकमा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल, नेकपा एमालेका नेता सिलोज कुवँर, नेकपा माओवादीका नेता टंक रावल, साँफेबगर नगरपालिका वडा नं. ६, ७ र ८ का वडाध्यक्ष, नेपाल पत्रकार महासंघ अछामका सदस्य तारामान खड्का, स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा लगायतको सहभागिता रहेको थियो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/Sanfe.jpg?resize=720%2C540&ssl=1)
प्रतिक्रिया