मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्षाका कारण हुने सक्ने बाढी पहिरोबाट सचेत रहन मेल्लेख गाँउपालिका अध्यक्ष बोहराको आग्रह

बर्षाका कारण हुने सक्ने बाढी पहिरोबाट सचेत रहन मेल्लेख गाँउपालिका अध्यक्ष बोहराको आग्रह


अछाम : जिल्लाको मेल्लेख गाँउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले देशभर मनसुन सक्रिय भई अत्याधिक बर्षाका कारण जहाँ त्यहि बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

उनले अछाम जिल्लाका विभिन्न ठाँउहरुमा बाढी पहिरोको जोखिम रहेको भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका हुन् । सुदूरआज संग कुरा गर्दै अध्यक्ष बोहराले जोखिम भएका ठाँउमा नजान, पहिरो आउन सक्ने ठाँउबाट टाढा बस्न सबैलाई अनुरोध गरेका छन् ।

मेल्लेखमा पनि बिभिन्न ठाँउमा पहिरोको जोखिम भएकाले भिरोलो ठाँउ तथा गाईबस्तु चराउने ठाँउमा पहिरो जान सक्ने भएकाले सचेत रहनुपर्ने उनको भनाई छ । यस्तै उनले राष्टिय बिधुत प्रसारणका लाईन नजिक नजान समेत अनुरोध गरेका छन् ।

आजभोलीको मौसमले पोल ढलेर बिधुतका तार चुडिएर जमिन तथा रुखमा छोईएको हुन सक्ने भन्दै सर्तक रहन अध्यक्ष बोहराले आग्रह गरेका छन् ।

बाढी पहिरो आए वा बिधुतका पोल ढलेको भए, तार चुढिएको भए तत्कालै वडाध्यक्ष तथा आफुलाई खबर गर्न उनले आग्र गरेका छन् । बिप्त न्यूनिकरणका लागि सबैले सजग र सचेत हुनुपर्ने उनको अनुरोध छ ।