मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सागरको उपचारका लागि भारत महाराष्ट्र राज्यको अम्बरनाथबाट ३६ हजार बढी संकलन

सागरको उपचारका लागि भारत महाराष्ट्र राज्यको अम्बरनाथबाट ३६ हजार बढी संकलन


अछाम : जंगली जनावर बदेलको आक्रमणबाट गम्भीर घाईते भएका सागर रावलको उपचारका लागि भारतबाट नेपाली दाजुभाईले आर्थिक रकम संकलन गरेर पठाएका छन । मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासि रावल बदेलको आक्रमण पछी गम्भीर घाईते भएपछी काठमाण्डौँमा उपचार जारी रहेको छ ।

आर्थिक अबस्था कमजोर रहेकाले सामाजिक संजाल मार्फत आर्थिक रकम संकलन अभियान थालिएको थियो । बिशेष मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ तथा अन्य ब्यक्तिबाट ३६ हजार ४ सय रकम संकलन गरिएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ८ ज्ञानेगौणि घर भई हाल भारतको महाराष्ट्र राज्यको अम्बरनाथमा काम गर्दै आएका नेत्र बहादुर नेगि, वडा नम्बर ९ का पुरन रावल, एकेन्द्र रावल र नवराज रावलको विशेष पहलमा अभियान थालिएपछी सो रकम संकलीत भएको हो ।

संकलन भएको रकम आजै उहाँको उपचारमा सहयोगका लागी सामाजिक संञ्जाल अभियान चलाएका पत्रकार कमल रावललको खातामा आजै पठाई सकिएको छ ।

सागर रावलको बचाउन अभियान हालसम्म देश तथा विदेशमा रहेको थुप्रै नेपालीले सहयोग गरिसकेको छन । सागर रावल बचाउन अभियानमा सहयोग गर्ने दाताका नामावली यसप्रकार रहेको छ ।