मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघिय र प्रदेश सरकारको अभ्यास गर्दै साँफेबगर नगरपालिका, ७ गते निति तथा कार्यक्रम १० गते बजेट

संघिय र प्रदेश सरकारको अभ्यास गर्दै साँफेबगर नगरपालिका, ७ गते निति तथा कार्यक्रम १० गते बजेट

'आर्थिक वर्ष ०७८/०७९ का लागि ६३ करोड ५२ लाख बराबरको बजेट ल्याउने तयारी'


आर्थिक वर्ष ०७८/०७९ का लागि ६३ करोड ५२ लाख बराबरको बजेट ल्याउने तयारी’

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ का निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । जिल्लामै पहिलो पटक नगरले निति तथा कार्यक्रम अलग दिन प्रस्तुत गर्ने भएको हो । नगरले संघिय तथा प्रदेश सरकारको अभ्यास गर्दै पहिलो पटक बजेट प्रस्तुत हुनु पूर्व निति तथा कार्यक्रम प्रस्तुत गर्ने नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

यसअघि साँफेबगर तथ अन्य पालिकामा पनि निति तथा कार्यक्रम र बजेट एकैदिन प्रस्ततु गरेर पास गर्ने परिपाटी रहेको थियो । साँफेबगर नगरले भने यसपटक असार ७ गते निति तथा कार्यक्रम प्रस्तुत गर्ने र १० गते बजेट ल्याउने योजना भएको नगर प्रमुख कुवँरको भनाई छ ।

सुदूरआज संग कुरा गर्दे नगर प्रमुख कुवँरले बजेट प्रस्तुत गर्नु भन्दा पहिले निति तथा कार्यक्रम ल्याउदा छलफल गर्न र कार्यक्रम हेरफेर तथा घटबढ गर्न समय हुने र यसले गर्दा बजेट ल्याउन सहज हुने भन्दै यसको सुरुवात गरिएको बताए । नगरले आगामी आर्थिक वर्ष ०७८/०७९ मा ६३ करोड ५२ लाख बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

बित्तीय समानिकरण, राजस्व बाँडफाँड र आन्तरिक राजश्व तर्फ २४ करोड ४० लाख र सशर्त तर्फ ३८ करोड ६२ लाख गरि ६३ करोड ५२ लाख १ हजार बराबरको बजेट ल्याउन लागेको नगर प्रमुख कुँवरले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, कोभीड नियन्त्रण, अपांगता भएका व्यक्ति र नगरका अधुरा योजनालाई प्रमुख प्राथमिकता दिएर बजेट आउन लागेको नगर प्रमुख कुँवरले जानकारी दिए ।

बाल विकास केन्द्रका शिक्षक र विधालयका कर्मचारीको तलब वृद्धि र नगरका गौरवका योजनामा सम्पन्नको लागि बजेट छुटयाएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यपालिका सदस्य गाउँबिकास कार्यक्रम पनि ल्याउन लागेको नगर प्रमुख कुँवरले बताए ।

यस्तै १२ औ कार्यपालिका बैठकबाट वडालाई बिनियोजित गरेको बजेट सिलिङमा केही वडा अध्यक्षले असहमती जनाएपछि नगरपालिकाको १३ कार्यपालिक बैठकले सिलिङ परिवर्तन गरेको छ ।