मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाँउपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ लाख बजेट बिनियोजित

ढकारी गाँउपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ लाख बजेट बिनियोजित


अछाम : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाँउपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ ।

ढकारी गाँउपालिकाको सातौँ गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको छ ।

गाँउसभाले प्रस्तुत गरेको बजेटमा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरेको पाँलिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

बयालपाटा अस्पतालको संचालन र व्यावस्थापनका लागि बजेट बिनियोजित गरिएको उनले बताए ।

अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।