मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाजद्धारा बयालपाटा अस्पताललाई १ लाख १ हजार सहयोग

अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाजद्धारा बयालपाटा अस्पताललाई १ लाख १ हजार सहयोग

अस्पतालमा बजेटको कमि हुने अवस्था आउन दिने छैनौँ : नगर प्रमुख कुवँर


अस्पतालमा बजेटको कमि हुने अवस्था आउन दिने छैनौँ : नगर प्रमुख कुवँर

अछाम । अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाज पुना भारतले बयालपाटा अस्पताललाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले अस्पताललाई नगद रु १ लाख १ हजार र अन्य स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नं. ३ सिद्देश्वर घर भई हाल प्रवासमा रहेका दाजुभाईहरुको सहयोगमा अस्पताललाई नगद १ लाख र स्वास्थ्य सामाग्री तथा सिद्देश्वर स्वास्थ्य चौकी र शहरी क्लिनिक साँफेबगरलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको छ । कोरोनाको महामारीमा अस्पतालले दिनरात खटेर बिरामीको सेवा गरेको भन्दै प्रवासमा कामको सिलसिशलामा रहेका दाजुभाईको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको बताईएको छ ।

उक्त नगद र स्वास्थ्य सामाग्री साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा असपतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकलाई हस्तान्त्ररण गरे । हस्तान्त्ररण गर्दै नगर प्रमुख कुवँरले बयालपाटा अस्पताललाई यसैगरी सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको उल्लेख गरे ।

बयालपाटा अस्पतालले अछाम मात्रै नभई बाजुरा, डोटी र अन्य जिल्लाका नागरिकलाई समेत निशुल्क सेवा दिईरहेकाले त्यस क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने धारणा राखे । उनले केही समय पहिले बयालपाटा असपतालका लागि गाँउपालिकाले १५ लाख देखि माथि र नगरपालिकाले २० लाख देखि माथि सहयोग गर्ने निर्णय भएबमोजिम सहयोग गर्न पनि आग्रह गरे ।

एक अर्को प्रसंगमा नगर प्रमुख कुवँरले प्रदेश सरकारलाई २० करोड माग गरिएपनि ८ करोड मात्रै छुट्याएकाले त्यसको सकरात्मक आलोचना गरिने बताए । यस्तै संघिय सरकाले पनि अस्पतालको अपनत्व लिने गरी बजेट बिनियोजित गर्न नगरर सभाले माग गरेको पनि उनले जानकारी दिए ।

बयालपाटा अस्पतालका लागि बजेटको कमि हुन नदिन सबै प्रतिबद्ध भएर लाग्नु पर्ने उनको धारणा थियो । आफु पनि यसका लागि निरन्तर पहल गरिरहेको भन्दै असपताललाई बजेटको कमि हुन नदिने उद्घोष गरे ।

कार्यक्रममा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले सहयोगका लागि आभार व्क्त गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए । नगद र सामाग्री हस्तान्त्ररण कार्यक्रममा साँफेबगर नगरगपालिका वडा नं. ३ सिद्देश्वरका अध्यक्ष एवंम नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापती कृष्ण बुढा, मोहन कुवँर लगायतको सहभागीता रहेको थियो ।