मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाँटीका बासिन्दाले नेटवर्कको सुबिधा कहिले पाउने ?

लयाँटीका बासिन्दाले नेटवर्कको सुबिधा कहिले पाउने ?


अछाम: कर्णाली प्रदेश संग नजिक रहेको अछामको पुर्वी भेग पञ्चदेवल विनायक नगरपालिकाकाे वडा नम्बर ५ लयाँटीमा नेटवर्क समस्या भन्ने हो भने कुनै नौलो कुरो होइन । प्रबिधिको युग देखी टावर र नेटवर्कको प्रत्याभूत गर्न नपाएका यस क्षेत्रका अधिकांश नागरिक बिश्वकाे पहुँच बाट मंगल ग्रह सम्मकाे दुरि सम्म छन ।

उक्त सिर्जित समस्या समाधानका लागि नगरकार्यपालिकाले चालु अार्थक बर्षमा निर्णय गरेको महिना दिन पुग्दा समेत समस्या पार नलागे पनि पञ्चदेवल विनायक नगरपालिकाबाट असार १० गते निति तथा कार्यक्रममा प्रस्तुत गरिएको कार्यक्रमले अागामी अार्थिक बर्ष ०७८/७९ मा भने प्रविधिले फड्को मार्ने कुरा यस क्षेत्रका सामाजिक अगुवा तथा राजनीतिज्ञ तथा सर्वसाधारणहरुले बहसको बिषय बनाउन थालेका छन ।

विनायक क्षेत्रकाे दास्राे अग्लाे उच्च स्थान भएर हाेला नेपाल टेलिकमकाे टावरले देलिकाँणा बाट अाफ्नाे नेटवर्क सेवा प्रसारण गरेकाे छ । अग्लाे स्थानमा टावर भएपनि पञ्चदेवलका अधिकांश ग्रामिण तथा दुर्गम भेगहरुमा भाैगाेलिक विकटताका कारण नेटवर्ककाे अनुभुति किहल्यै गर्न सकिएन ।

अग्लाे ठाउँ देलिकाँणा, जहाँ जिर्ण अवस्थामा रहेका दुइवटा पुराना मन्दिर (थान) छन । विनायक बजार बाट १ घण्टाकाे पैदल यात्रामा यश ठाउँ पुग्न सकिन्छ । मानिस तथा घरपालुवा जनावर यस ठाउँ भित्र त्यति देखिदैनन । यस ठाउँ बाट कर्णाली प्रदेशका कालिकाेट,दैलेख तथा सुर्खेतका केही अग्ला भु-भागहरुकाे दृश्य सजिलै देख्न सकिन्छ ।

यस क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्न सके थुप्रै स्वदेशी तथा विदेशी पाहुना लाई स्वागत गर्ने सम्भावना यस ठाउँले बाेकेकाे छ । अत्यन्तै मनमाेहक ठाउँ जहाँ हजारौं रुखहरु संग माेहनि लाग्ने त्यसै माथि पुर्खाकाे सम्पत्ति र धार्मिक विश्वासलाई सजिलै ग्रहण गर्न सकिने यस्ता धार्मिक ठाउँ हरुकाे उचित संरक्षण तथा सम्बर्द्धनमा तपाईं हामी लाग्ने कि ?