मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाँटीमा सुदूरपश्चिम सरकारका याेजना व्यक्तिप्रधान भए : स्थानीयबासी

लयाँटीमा सुदूरपश्चिम सरकारका याेजना व्यक्तिप्रधान भए : स्थानीयबासी


अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगपालिका वडा नम्बर ५ लयाँटीमा सुदूरपश्चिम प्रदेश सरकारका याेजना व्यक्तिप्रधान भएका छन । सुदूरपश्चिम प्रदेशद्वारा अागामी अार्थिक बर्ष २०७८/७९ काे असार १ गते प्रस्तुत बजेट लयाँटीमा सामुदायिक विकासका लागि नभई कार्यकर्ता संरक्षण तथा व्यक्ति केन्द्रित भएकाे स्थानीयहरुले गुनासो गर्न थालेका छन ।

सार्वजनिक संघसंस्था तथा सम्पदाहरुकाे पहिचाननै नगरि अावश्यकताका अाधारमा नभई अनावश्यक रुपमा यहाँका स्थानीय नेताहरुले अाफु केन्द्रित याेजनाहरु सिफारिस गरेकाे उपकार बहुउद्देश्यीय सहकारी संस्था लयाँटीका अध्यक्ष प्रेम चन्दले अाराेप लगाए । अाफुले सार्वजनिक हितकै लागि वजेट माग गरेको भएपनि माननीय तथा मन्त्रीहरुकाे ध्यान त्यसतर्फ नगएको उनले बताए ।

जनजागरण युवा क्लबका संस्थापक तथा पुर्ब अध्यक्ष समेत रहेका चन्दले प्राय बजेट व्यक्तिगत लाभका लागि कार्यान्वयन हुने निश्चित भएकाले उक्त विकासे याेजना प्रदेश सरकारद्वारा हेरफेरकाे माग समेत गरेका छन । यस्तै अर्का स्थानीय तथा धनवन्त्री प्राथामिक विद्यालय लयाँटीका प्राधानाध्यापक मक्कर बुढाका अनुसार उक्त बजेट अाउदाे चुनावका लागि खर्च हुन सक्ने अासंका गरिएको छ ।

प्रदेश सरकारका माननीय तथा मन्त्रीहरुसंग नजिकको सम्बन्ध रहेका लयाँटीका स्थानीय नेताहरुलाई प्रदेश सरकारको बजेटले चुनावी माहोल सिर्जना भएकाे अाराेप लगाए । सुदूरपश्चिम प्रदेश सरकारद्वारा अागामी अार्थिक बर्ष २०७८/७९ का लागि २ कराेड भन्दा बढि विनियोजित बजेट सहि तथा पारदर्शी रुपमा काम कार्यान्वयन हुने हाे भने समृद्व लयाँटीकाे सपना चाँडै पूरा हुने अासा व्यक्त गर्न सकिन्छ ।

पञ्चदेवल विनायक नगरपालिकाकाे केन्द्रविन्दुका रुपमा हेरिएकाे लयाँटीमा प्रदेश सरकारबाट करोडौं वजेट अाउनु स्वागतयोग्य भएको भएपनि विकास वजेट असार केन्द्रित हुनु,व्यक्ति विशेष हुनु, काम कार्यान्वयन गुणस्तरहिन हुनु जस्ता बेथितिजन्य क्रियाकलापले विकासकाे दिगाेपनामा बाधा पुगिरहने छ ।