मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक रावलको सम्झनामा मंगलामा शालिक र पुस्तकालय बन्दै

शिक्षक रावलको सम्झनामा मंगलामा शालिक र पुस्तकालय बन्दै


अछाम : मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वलिगाउमा निर्माण हुने स्वर्गिय शेर बहादुर रावलको सालिक तथा १ कोठे पुस्तकालय भवनको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन रुपमा मंगला प्रावि २०२२ सालमा स्थापना हुदा संस्थापक शिक्षक शेर बहादुर रावलको सम्झनामा विद्यालयमा शालिक र पुस्तकालय बन्न लागेपछी एक कार्यक्रमका बिच शिलन्यास गरिएको हो ।

स्वर्गिय शेर बहादुर रावल स्मृती प्रतिष्ठानका अध्यक्ष तथा मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा प्रमुख अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहहेका थिए । भवनको शिलन्यास शुभारम्भ गर्दै नगरप्रमुख बोहराले समाज परिवतर्नका लागी सम्वाहक बनेका ब्यक्तिको जहीले पनी सम्मान गर्नुपर्ने बताए ।

स्वर्गिय रावलले वलिगाउको मात्र नभई समग्र अछामको शिक्षामा योगदान दिएकाले सबैले उहाँको राम्रा कार्यको अनुसरण गर्नु पर्ने बताए ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामि, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, वडा नम्बर ११ का अध्यक्ष डबलसिंह भण्डारी, मंगला नेरा माध्यामिक विद्यालय व्याबस्थापन समिती अध्यक्ष भैरव बहादुर बोहरा, ब्याबस्थापन समिती सदस्य पदम बहादुर रावल, मेयर सिंह रावल, बहादुर सिंह बिष्ट, पत्रकार खडक बहादुर बिष्ट, जेष्ठ नागरिक धनपती रावल, मोतीसिंह रावल लगाएतका अतिथी रहनु भएको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष निर्मला रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव हिक्मत रावलले गर्नु भएको थियो ।