मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सकिने

बयालपाटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सकिने

अस्पतालका गुणस्तरिय सेवालाई दिर्घकालिन बनाउनु नै अहिलेको अपरिहार्य आवश्यक्ता : पूर्व जिबिस सभापति स्वार


सुदूरपश्चिम बिश्वबिद्यालयका पदाधिकारीद्वारा अस्पतालसंग छलफल

अछाम : जिल्लामा रहेको बयालपाटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा समेत विकास गर्न सकिने बहस सुरु भएको छ । चिकित्सा शिक्षा क्षेत्र अन्र्तगतका केही बिषयहरु अध्ययापनका लागि बयालपाटा अस्पताल सम्भावना बोकेको ठाँउ भएको भन्दै यस बिषयमा छलफल सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाको तुलनामा बयालपाटा असपतालमा सबै भन्दा बढी शिक्षणको सम्भावना बोकेको क्षेत्र भएकाले यस बिषयमा पटक पटक छलफल र बहस हुने गरेको छ । सोही अन्र्तगत बिहिबार सुदूरपश्चिम बिश्वबिद्यालयका पदाधिकारीहरुले बयालपाटा अस्पतालसंग छलफल गरेका छन् ।

बिश्वबिध्यालका उपकुलपती अम्मराज जोशी तथा रजिष्टार यज्ञ राज पाठक लगायतको टिमले बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकसंग यस बिषयमा छलफल गरेका छन् । बयालपाटा अस्पताल दुर्गम क्षेत्रमा शिक्षण सिकाईका लागि उपयूक्त स्थान भएको भन्दै बिश्वबिद्यालय अस्पतालसंग सहकार्य गर्न तयार रहेको उपकुलपती जोशीले बताए ।

उनका अनुसार बिश्वबिध्यालय मार्फत चिकित्सा शिक्षाका नर्सिगं, फार्मेसी, एचए, ल्याब लगायतका बिषयहरु यहाँ अध्यायपन गराउन सकिने भन्दै त्यसका लागि पहल सुरु गर्नुपर्ने बताए ।

अस्पतालका गुणस्तरिय सेवालाई दिर्घकालिन बनाउनु नै अहिलेको अपरिहार्य आवश्यक्ता : पूर्व जिबिस सभापति स्वार

छलफलमा सहभागी जिविस अछामका पूर्व सभापती भरत कुमार स्वाँरले बयालपाटा अस्पतालको दिर्घकालिन सेवाका लािग सबै क्षेत्रबाट सोच्नुपर्ने बेला भएको बताए । बिगतमा अस्पताललाई आर्थिक समस्या थिएन स्वारले भने कोभिड पछि असपताललाई आर्थिक भार भएकाले यसको समाधानका लागि आफुहरु सधैँ लागिरहेको बताए ।

सबै किसिमका सम्भावनाको अध्ययन गरेर अस्पतालको सेवालाई दिर्घकालिन रपमा गुणस्तरिय बनाउनु नै अहिलेको अपरिहार्य आवश्यक्ता भएकाले यस क्षेत्रका सबै पक्ष त्यसमा एकमत रहेका उनको भनाई छ । चिकित्सा शिक्षा अध्ययनका लागि सम्भावना रहेको अस्पतालमा उक्त बिषयका बारेमा यस क्षेत्रका राजनितिक दल, जनप्रतिनिधी लगायतसंग छलफल गरेर निचोड निकाल्नु पर्ने सभापति स्वाँरको तर्क छ ।

बयालपाटा अस्पतालमा बिश्वबिध्यालय संग सहकार्य गरेर अध्यायपन गराउन सकिने बिषयको सम्भावनाका बिषयमा सुरुवाती चरणको छलफल भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए । उनले भने यस बिषयमा बिस्तृत छलफल त भएको छैन तर एक किसिमले सम्भावनाका बिषयमा सुरुवाती छलफल भएको हो ।

छलफलमा अस्पतालका महाप्रबन्धक प्रकाश ढकाल, बित्त प्रमुख रामराज खकुरेल, बिश्वबिध्यालयका प्रशासन प्रमुख गोबिन्द पन्त, बित्त शाखा प्रमुख अशोक भन्डारी, बिश्वबिद्यालय अन्र्तगतको केन्द्रिय क्याम्पसका उप प्राध्यापक पुस्प राज जोशी, जनता बहुमुखी क्याम्पस अछामका उपप्राध्यापक झनकराज जोशी लगायतको सहभागीता रहेको थियो ।

बयालपाटा अस्पताललाई शिक्षण अस्पताल बनाउनु पर्ने आवाज यसअघि पनि नउठेको भने होईन् । बेला बखतमा जिल्ला भित्र तथा जिल्ला बाहिरका समेत राजनितिक दलका नेताहरुले शिक्षण अस्पताल बनाउनु पर्ने र त्यसमा आफुहरुले सहयोग गर्ने बचन पनि दिने गरेका छन् ।

तर त्यसले मुर्त रुप नलिदाँ कुरा अघि बढ्न सकेको छैन् । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले पनि बयालपाटा अस्पतालसंग सहयकार्य गर्न सकिने र शिक्षणका केही बिषयहरु यहाँ पढाउन सकिने गरी काम गर्नुपर्ने बताएका थिए । त्यस्तै गेटा मेडिकल कजेल सुरु भएपछि पनि बयालपाटा असपताल र मेडिकल कलेज सहकार्य गरेर यहाँ पनि शिक्षण गर्न सकिने बिषय सुरु गर्नुपर्ने बहस भएको थियो ।