मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा निर्माण भएका रिचार्ज पाेखरीमा घाँस र स्याउँला मात्रै

पञ्चदेवल नगरपालिकामा निर्माण भएका रिचार्ज पाेखरीमा घाँस र स्याउँला मात्रै

सुदूरपश्चिम सरकारको लागतमा निर्माण भएका रिचार्ज पाेखरी प्रयोग बिहिन


सुदूरपश्चिम सरकारको लागतमा निर्माण भएका रिचार्ज पाेखरी प्रयोग बिहिन

अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेताेलामा निर्माण गरिएका रिचार्ज पाेखरी प्रयाेग बिहिन बनेका छन ।

जलवायु परिवर्तन भई वातावरणमा हुने प्रतिकूलता न्यूनीकरणका लागि गाउँका अग्ला डाँडामा निर्माण गरिएका रिचार्ज पाेखरीहरु निर्माणमै सिमित भएका हुन ।

सुदूरपश्चिम प्रदेश सरकाद्वारा गत आर्थिक बर्ष २०७७/७८ मा ५ लाखकाे लागतमा निर्माण गरिएका रिचार्ज पाेखरी भित्र आजभोली घाँस र स्याउँला मात्रै देखिने गरेकाे स्थानीयले गुनासो गरे ।

पर्यावरण सन्तुलन राख्न , पानीका मुहान सुक्न नदिन ,जंगली जनावरकाे तिर्खा मेट्न तथा खेतीपातीमा सिचाईकाे अभाव हुन नदिने उदेश्यले अग्ला डाँडाहरुमा निर्माण गरिएका पाेखरीहरु पुल्लेताेलामा अस्तव्यस्त छन ।

रिचार्ज पाेखरी निर्माण गर्ने जिम्मा लिएको उपभोक्ता समिले गुणस्तरहिन काम तथा निर्माण कार्य अधुरै छाडेर रकम भुक्तानी समेत लिईसकेकाे र त्यसपछि वास्तै नगरेकाे स्थानीय तथा पत्रकार महासंघ अछामका सदस्य सुशील बटालाले सुदूरआजलाई जानकारी दिए ।

यस बिषयमा विस्तृत जानकारी लिन हामीले वडा नम्बर ७ पुल्लेताेलका वडा अध्यक्ष लाई सम्पर्क गर्न खाेज्दा उनकाे फाेन सम्पर्क हुन सकेन ।