मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका भित्रका स्वास्थ्य संस्थाको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

मंगलसेन नगरपालिका भित्रका स्वास्थ्य संस्थाको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न


अछाम / आर्थिक बर्ष २०७७÷०७८ मा स्वास्थ्यको क्षेत्रमा भएको प्रगति सहित आगामि आर्थिक बर्ष २०७८/०७९ को बार्षिक योजना तयार पार्दै मंगलसेन नगरपालिका स्तरिय स्वास्थ संस्थाका बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

नगरका १४ वटा वडामा रहेमा स्वास्थ्य चौकि, आधारभुत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य क्लिनिक गरि १७ वटा स्वास्थ्य संस्था र नगर स्वास्थ्य शाखा मार्फत सम्पादित कामको समीक्षा गरिएको थियो ।

सोही अवसरमा समग्र अछामको स्वास्थ्य क्षेत्रको प्रगती, वर्तमान चुनौती र उद्देश्यको बारेमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांनाले जानकारी गराए ।

सबै स्वास्थ संस्थामा सिमित स्रोत साधन तथा जनशक्तिको अभावको बिचमा पनि गुणस्तरीय स्वास्थ सेवा प्रदान गरिएको मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताए ।

समापन कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरालेसरकारी दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभए पनि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरि पदपूर्ति गरेकाले स्वास्थ्य क्षेत्रमा अब उपलब्धि आउनुपर्ने बताए

यस आर्थिक बर्षमा राम्रो नतिजा ल्याउन सफल स्वास्थ्य संस्थालाई बधाई दिदै आगामी दिनमा अन्य स्वास्थ्य संस्था समेत उत्कृष्ट बन्नु पर्ने बताए

नगरपालिका सामाजिक बिकास समितीका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगरउप्रमुख सरिता उपाध्याय, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुगांना, सुआहारा अछामका प्रमुख लोक बहादुर नेपाली अतिथी रहेका थिए।

समापन कार्यक्रमको संञ्चालन नगरपालिकाका सिनियर अहेब चन्द्र प्रसाद ढुगांनाले गरेका थिए